तालबेशीको चैते मेला सकियो

Read Time:2 Minute, 50 Second

मनोज घर्तीमगर

पोखरा, २७ चैत – चैतेदशैको अवसरमा लेखनाथ नगरपालिका, हंसपुर गाविस र रुपाकोट गाविसको संगमस्थल उपल्लो तालवेशीमा सञ्चालित चैते दशैं मेला सम्पन्न भएको छ ।

स्थानीय संगम युवा क्लवको आयोजनामा भएको उक्त मेलामा सञ्चालित भलिवल प्रतियोगितामा सप्तरंगी युवा क्लव तल्लो तालबेसीले उपाधी जितेको छ । जम्मा  विभिन्न १४ ओटा टिमको सहभागीता रहेको उक्त प्रतियोगिताको फाइनल खेलमा आयोजक संगम युवा क्लवलाई २५–२२, २९–३१ र २५–१९ सेटले पराजित गर्दै सप्तरंगी क्लवले उपाधि जितेको हो । विजेता टिम र उपविजेता टिमलाई प्रमुख अतिथि इडी हाइड्रो पावरका प्रोपाईटर कमल थापाले क्रमशः नगद रू. २० हजार र रू. १३ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

त्यसैगरी पुरुष रस्साकसी प्र्रतियोगीतामा सप्तरंगी युवा क्लवको समुहले प्रथम भएको थियो भने महिला रस्साकसी प्रतियोगितामा उपल्लो तालवेशीको समुह प्रथम भएको थियो । प्रथम हुने समुहले रू. २ हजार र प्रमाणपत्र प्राप्त गरे । एकल नृत्य प्रतियोगीतामा १० जनाको सहभागीता रहेकोमा अनिल ठकुरी प्रथम, दीया गुरुङ द्वितीय र एलिसा गुरुङ तृतीय भएका थिए । उनीहरुले क्रमशः रू.४ हजार, रू.२ हजार ५ सय र रू.१ हजारको साथमा प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी ठेलो हान्ने प्रतियोगीतामा प्रथम हुने निरज गुरुङले रू.२ हजार ५ सय र प्रमाणपत्र प्राप्त गरे । घैंटो फुटाउने प्रतियोगीता शिशिर गुरुङ प्रथम भएका शिशिर गुरुङले रू.१ हजारको साथमा प्रमाणपत्र प्राप्त गरे ।

चैत २५ गतेदेखि सञ्चालितस्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति र विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको स्थानीयवासी सुमन गुरुङले जानकारी दिए । उक्त मेलामा लेखनाथ नगरपालिका, हंसपुर, रुपाकोट, माझठाना, थुम्की गाविस, पोखरा, लगायतका क्षेत्रका दर्शकहरुको उल्लेख्य सहभागीता रहेको थियो ।  

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %