कालीगण्डकी नदीमा बेपत्ता २ बालिका अझै भेटिएनन्

Read Time:1 Minute, 2 Second

देब पचभैया

पाल्पा चैत २६ – कालीगण्डकी नदी अन्तर्गत स्याङ्गजा रत्नपुरको खोरियाघाटमा नुहाउने क्रममा बेपत्ता २ बालिका अझै फेला परेका छैनन् । जनहित उमाबि रत्नपुर दामाचौरमा पढ्ने ती बिद्यार्थी नदीमा नुहाउन र लुगाधुन भन्दै मंगलबार नदीमा गएका थिए ।

नदीमा लुगा धोएर नुहाउने क्रममा बेपत्ता भएको परिबारले जनाएको छ । रत्नपुर ८ का १४ बर्षका मनिषा माझी र १२ बर्षका मन्दिरा माझी नदीमा बेपत्ता भएको इलाका प्रहरी कार्यालय रत्नपुरले जनाएको छ । उनीहरुको खोजीकार्य जारी छ । आफन्ती, स्थानियबासी र प्रहरीले खोजीकार्य जारी राखेका छन् । बेपत्ता मनिषा जनहित उमाबिमा कक्षा ८ र मन्दिरा कक्षा ५ मा अध्ययनरत छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %