वीपीको जन्म शताब्दीमा कवि सम्मेलन

Read Time:2 Minute, 5 Second

मनोज घर्तीमगर

पोखरा, २५ चैत – विश्वेश्वर प्रसाद कोइरालाको जन्म शताब्दीको अवसर पारेर नेपाली लेखक संघ कास्कीले चैत २८ र २९ गते पोखरामा वृहत विचार गोष्ठी तथा कवि सम्मेलन गर्ने भएको छ ।

संघ कास्कीका अध्यक्ष डा नरहरी उपाध्याय गौतमका अनुसार, दुई दिनसम्म चल्ने कार्यक्रममा विभिन्न जिल्लाका अध्येताहरुले वीपी विषयक ३० वटा कार्यपत्र प्रस्तुत गर्नेछन् । यसैगरी पश्चिमाञ्चललगायत विभिन्न जिल्लाका कविहरुले कविता वाचन समेत गर्नेछन् । गोष्ठीको उद्घाटन नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले गर्ने कार्यक्रम तय भएको छ । गोष्ठी उद्घाटन र  पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहका लागि २७ गते नै प्रधानमन्त्री पोखरा आउँदैछन् ।  

नगर प्रशिक्षण केन्द्रमा हुने कार्यक्रममा चार सय भन्दा बढी सहभागी रहने संघका कास्की सचिव तुलसी प्रवासले जानकारी दिए । उनका अनुसार, चैत २८ गते बिहान चिप्लेढुंगाबाट प्रभातफेरी आयोजना गरिएको छ । बिहान सात बजे सुरु हुने प्रभातफेरी प्रशिक्षण केन्द्रमा पुगेर समापन गरिनेछ ।

नपाली लेखक संघ कास्कीका सल्लाहकार डा कुशुमाकर न्यौपानेले वीपी कोइरालाको राजनीतिक र साहित्यिक व्यक्तित्वलाई थप उजागर पार्न पोखरामा हुन लागेको वृहत विचार गोष्ठी र कवि सम्मेलन कोशेढुंगा सावित हुने दाबी गरे ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %