कास्कीको तालवेसीमा चैते दशै मेला

Read Time:3 Minute, 50 Second

मनोज घर्तीमगर

लेखनाथ, २५ चैत – लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बावुराम गिरीले कृषि पर्यटनका माध्यमबाट कास्कीको तालवेसीलाई चिनाउनु पर्नेमा जोड दिएका छन् ।

कास्कीको लेखनाथ, रुपाकोट र हंसपुर गाविसको संगम स्थलको रुपमा रहेको तालबेसीमा चैते दशै तथा रामनवमी मेलाको मंगलबार उद्घाटन गर्दै अध्यक्ष गिरीले जडिवुटि र सुन्तलाको प्रचुर संभावना रहेकाले कृषि पर्यटनका माध्यमबाट तालवेसीलाई चिनाउन आग्रह गरेका हुन ।

उनले सो क्षेत्रमा १ सय भन्दा वढी जातका जटिवुटी पाईने उल्लेख गर्दै त्यसको खेती वा संकलनका माध्यमबाट स्थानीय वासिन्दाले आय आर्जन गर्न सक्ने बताए । अध्यक्ष गिरीले रुपातालको शिर तथा रोयल ट्रेक अन्र्तगत पर्ने सो क्षेत्रमा होम स्टेको अवधारणाबाट समेत आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने वताए । उनले कास्कीको तालवेशी लम्जुङ्ग हुँदै मध्यपहाडी लोकमार्गको रुट भएक कारण पनि सो क्षेत्रको विकासको संभावना रहेको उल्लेख गरे ।  

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष सुमन भट्टराईले लेखनाथको दुर्गम क्षेत्रका लिईने तालवेसी खोलावेसीका लागि नगरपालिकाले विशेष योजना वनाउनु पर्नेमा जोड दिए । उनले विकटताका कारण यस क्षेत्रका जनताले समेत सुविधा प्राप्त गर्ने गरी लेखनाथमा विभिन्न प्रसासनिक निकायको स्थापनाका लागि संघले पहल गरिरहेको उल्लेख गरे ।

संघका महासचिव वलराम ढकालले युवाहरुले विकृति र विसंगतीको बाटो त्यागी संस्कृती जर्गेनामा लागी उदाहरणिय कार्य गरेको वताए ।

पत्रकार नवराज सापकोटाले विभिन्न सांस्कृतिक पर्वका वेलामा गरिने मेला महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उल्लेख गरे ।

महेन्द्र प्रसाद सुवेदीको अध्यक्षमा भएको कार्यक्रममा संगम क्लवका अध्यक्ष लक्षमण सुवेदी, टेकनाथ सुवेदी, विष्णु प्रसाद सुवेदी, डेकेन्द्र गुरुङ्ग, खसवहादुर गुरुङ्ग, लगायतले मेलामा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ८० बर्ष नाघेका ८ जना वृद्धालाई समेत सम्मान गरिएको थियो भने ९६ बर्षिय विल वहादुर घर्तिले लेखनाथ उद्योग वाणिज्य संका अध्यक्ष बावुराम गिरीलाई सम्मान गरेका थिए । दुई दिनसम्म संचालन हुने मेलामा भलिवल प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, रस्साकसी, घैटो फुटाउने तथा नृत्य प्रतियोगिता राखिएको आयोजकले जनाएका छन् । भलिवल प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैया पुरस्कार राखिएको समेत उनिहरुले वताएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %