दमकल खरिद गर्न पोउवा संघको सहयोग

Read Time:2 Minute, 27 Second

मनोज घर्तीमगर  

पोखरा,२३ चैत – पोखरा उद्योग बाणिज्य संघले दमकल खरिदको लागि रोटरी क्लव अफ पोखरा अन्नपूर्णलाई १५ लाख रुपैयाँ प्रदान गरेको छ  । संघले वर्षेनी आयोजना गर्ने राष्ट्रिय औद्योगिक ब्यापार मेलाको टिकट बिक्रीबाट छुट्याइएको रकम नै दमकल खरिदका लागि दिइएको हो । संघले केही वर्ष यता  मेलाको प्रवेश टिकटमा दमकल खरिदका लागि १ रुपैयाँ छुट्याउँदै आएको थियो ।

  रोटरी क्लव अफ पोखरा अन्नपूर्णले पोखरा उद्योग बाणिज्य संघबाट  म्याचिङ फण्ड स्वरुप प्राप्त गरेको  १५ लाखको अलावा आवश्यक पर्ने थप रकमको जोहो गरी ५ महिनाभित्रमा दमकल ल्याउने प्रतिवद्धता ब्यक्त गरेको छ । क्लवले रोटरी इन्टरनेसनल ग्लोबल ग्राण्ट मार्फत रोटरी याङ्जु दक्षिण कोरियाको सहयोगमा दमकलका लागि आवश्यक पर्ने थप रकम जुटाउन लागेको हो । भारतीय टाटा कम्पनीको ३ हजार ६ सय लिटर क्षमताको दमकलको मूल्य करीब ६५ लाख पर्छ ।  दमकल संचालनको जिम्मा भने पोखरास्थित  सशस्त्र प्रहरी बललाई दिइने भएको छ ।  

पोखरा उद्योग बाणिज्य संघमा आइतबार आयोजित एक कार्यक्रममा संघका अध्यक्ष संजिवबहादुर कोइरालाले रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष रोसबहादुर गुरुङलाई १५ लाखको चेक हस्तान्तरण गरे । यस अघी दुबै पक्षबीच दलमकल  खरिद र संचालनसम्वन्धी करारनामा भएको थियो । संघका अध्यक्ष संजिवबहादुर कोइरालाले बढ्दो सहरिकरणसँगै पोखरामा दमकलको खाँचो बढ्दै गएकाले संघले दमकल खरिदको लागि रकम विनियोजन गरेको जानकारी गराए ।सामाजिक उत्तदरदायित्व बहन गर्नु संघको उदेश्य रहेको प्रष्ट पार्दै उहाँले थप दमकल खरिदका लागि सरोकारवालासँग सहकार्य गर्न संघ तयार रहेको बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %