उद्धघोषण तालिममा महिलाको सहभागिता बढ्दो

Read Time:2 Minute, 7 Second

स्याङ्जा ,

गल्याङ् ,चैत्र २२ – आदिवासी जनजाति समन्वय समिती मालुङ्गा गाविसको आयोजनामा ५ दिने उद्धघोषण तालिम सुरू भएको छ । तालिम चैत्र २७ गते सम्पन्न हुने छ ।

  तालिमको उद्धघाटन गर्दै रेडियो आधिँखोला वालिङ्का अध्यक्ष ध्रुव प्रसाद शर्माले वोल्ने कलालाई व्यवहारिक वनाउन जोड दिए । उनले आदिवासी जनजातिका मौलिक कला सस्कृति जगेर्ना गर्न मालुङ्गा वासि मगर समुदायलाई आग्रह समेत गरे ।

नेकपा एमाले स्याङ्जा जिल्ला सदस्य तथा दलित समन्वय समितिका संयोजक तिलकराम विश्वकर्मा , नेपाली कङ्ग्रेस मालुङ्गा गाँउ इकाइ समिति सभापति शालिकराम वस्याल, नेकपा एमाले गाँउ इकाइ समितिका अध्यक्ष शोभाकान्त वस्याल , राप्रपा का गाँउ इकाइ कार्य समितिका अध्यक्ष उदयराज वस्याल , मगर संघ मालुङ्गाका अध्यक्ष केशरवहादुर सारु मगर , युवा सन्चारकर्मी विनोद रखाली मगर लगाएतले बोलेका थिए ।

मालुङ्गा गाविसको विभिन्न वडाका करिव ४० जना प्रशिक्षार्थिको सहभागिता रहेको उक्त ५ दिने उद्धघोषण तालिममा युवा सन्चारकर्मी तथा लक्ष्मी टेलिभिजनका समाचार प्रमुख विनोद रखाली मगर , र युवा पत्रकार जि.वी. राना मगरले प्रशिक्षण दिने छन् ।

कार्यत्रमको अध्यक्षता कार्यक्रम सयोंजक यम वहादुर थापा मगरको सभापतित्वमा  आमा समुह मालुङ्गा वोझादीका अध्यक्ष खगिसरा उच्चै मगरको स्वागत र सन्चालन जि.वी राना मगरले गरेका थिए ।

विनोद रखाली मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %