परासीको पहाडी गाविसमा अम्रिसो बाट राम्रो आम्दानी

Read Time:3 Minute, 43 Second

देब पचभैया

 

परासी,२२ चैत – नवलपरासी स्थित विकट पहाडी क्षेत्रमा रहेको हुप्सेकोट गाउं विकास समितिका स्थानियवासीहरुका लागि अम्रिसो खेति आम्दानीको राम्रो माध्यम वनेकोछ । अम्रिसो बाट स्थानियले एक वर्षमै करिब २४ लाख बराबरको अम्रिसोको कुचो विक्रि गर्न सफल भएकाछन् ।      

अम्रिसो खेति प्रति स्थानियवासीहरु आर्कषित हुन थालेपछि नाङो डाडां समेत हरियाली हुन पुगेकोछ । चेतना अभावका कारण खोरिया फडानी हुन थालेपछि प्रयोगमा ल्याउन नसकिएको नाङो डाडोलाई नेपाल सरकारले कवुलियत वनको रुपमा विस्तार गरेको थियो । चार वर्ष अगाडि विस्तार गरिएको उक्त कवुलियत वनलाई आम्दानीको श्रोत वनाउदै स्थानियले अम्रिसो खेतिलाई  व्यवसायकै रुपमा अगाडि बढाएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत मोहनराज काफ्लेले बताए ।

विश्व कृषि तथा खाद्य संगठनको सहयोगमा वन विभागले किसानहरुलाई कवुलियत वन संगै पशु विकास कार्यक्र सञ्चालन गरेर आर्थिक संगै प्राविधक सहयोग गर्दै आएकोछ । अम्रिसो खेतिमा हुप्सेकोटका १ देखि ५ नम्बर वडाका एकसय ८१ घरपरिवार संलग्न छन् । सहायक वन अधिकृत काफ्लेका अनुसार—कुल एकसय ८५ हेक्टर क्षेत्रफलमा फैलिएको कवुलियत वनमा अम्रिसो खेति वाहेक घांस खेति र जुनेला बालि लगाउने गरिएकोछ ।

१६ वटा समुह आवद्ध रहेको सो खेतिमा उत्पादीत अम्रिसोलाई व्यवस्थित गर्न अन्तर समुह गठन गरेको समुहका अध्यक्ष राम बहादुर सोमैले बताए ।

उत्पादीत अम्रिसो बाट एक घरले २५ देखि ३० हजार सम्म वार्षिक आम्दानी गर्ने गरेकाछन् ।  कुचोका लागि अत्याधिक माग आउन थालेपछि गाउंका चार स्थानमा संकलन केन्द्र स्थापना गरेर बजार सम्म पुर्याउने व्यवस्था गरिएको सोमैले बताए ।

आफुहरुले उत्पादन गरेको अम्रिसोको कुचो स्थानिय बजार संगै बुटवल ,भैरहवा र चितवनमा जाने गरेकोमा पछिल्लो पटक झापा बाट पनि माग आएको समुहले जनाएकोछ ।

अम्रिसो एक वर्ष लगाएपछि वर्षै पिच्छे गाज्जीएर आउने भएकाले सामान्य काट छाट बाहेक अन्य मेहनतको आवश्यक नपर्ने प्राविधिकहरुले बताएकाछन् । अम्रिसो विक्रि पछि खेर गईरहेको डाठको पनि कागज कारखाना बाट माग आउन थालेको किसानहरुले बताएकाछन् । त्यसका लागि आवश्यक मेशिन उपलव्ध गराउन सके आफुहरुको आम्दानीमा अझ बृद्धि हुने कृषकहरुले वताएकाछन् । जिल्लाका १२ पहाडी गाविसमा एकसय ५ कवुलियत वन समुहमा हस्तान्तरण गरि विभिन्न आय मुलक कार्यक्रम सञ्चालन गरिदै आएको जिल्ला वन कार्यालय नवलपरासीले जनाएको छ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %