रेडक्रस सोसाईटी पाल्पाको ३६ औ जिल्ला सभा सम्पन्न

Read Time:3 Minute, 25 Second

देब पचभैया

पाल्पा २२ चैत्र – नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पाल्पाको ३६ औ जिल्ला सभा अधिवेशन तानसेनमा सम्पन्न भएको छ । 

अधिवेशनको उद्रघाटन गर्दै प्रमुख जिल्ला अधिकारी शिवराज जोशी सरकार पुग्न नसकेको स्थानमा रेडक्रस पुगेर मानविय सहायताको काम गर्दै आएको बताए । रेडक्रस पाल्पाले लागु औषध, विसङ्गती, विकृति बिरुद्ध युवाहरु परिचालन गरेर समाजमा चेतनामुलक काम गर्दै आएको बताउदै प्रजिअ जोशीले जिल्लाको दैविप्रकोप उद्धारमा रेडक्रस सकृय भएर काम गर्दै आएको बताएका थिए ।

कार्यक्रममा नेपाली काग्रेसका राजेन्द्र गोपाल सिंह, राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर कवँर, अखण्ड पार्टीका जिल्ला अध्यक्ष दिनेश रावल, जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ट जनप्रशासक झलक शर्मा पौडेल, जिविस पाल्पाका योजना तथा प्रशासकिय अधिकृत पुष्कर भट्टराई, पाल्पा उधोग वाणिज्य संघका अध्यक्ष राजु मर्हजन, बरिष्ट पत्रकार मेघराज शर्मा, पत्रकार महासंघ पाल्पाका सचिव किरण कौशल, नर्वेजियम रेडक्रसका फ्रेडिक, मिशन अस्पतालका निर्देशक रचेल कारक, लुम्विनी मेडिकल कलेजका अध्यक्ष गोपालबहादुर पोखरेल, पिपलडाडा उप शाखाका हेमप्रसाद अर्याल  लगायतले रेडक्रसले पाल्पामा मानविय उद्धार देखी समाजिक सेवा र आयआर्जनका विषयमा समेत राम्रो काम गरेको बताए । यस क्षेत्रमै विरामीको लागी सधै रगतको अभाव भईरहेको अवस्थामा पाल्पामै व्लड बैकं संचालन गरेर रेडक्रसले यस क्षेत्रका जनतालाई दिर्घजीवि बनाउन महत्वपुर्ण भुमिका खेलेका बक्ताहरुले बताएका थिए ।

३६ औ जिल्ला सभामा मन्त्री नारायण प्रसाद शर्माले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष गंगालाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला सभामा पिपलडाडा उपशाखा लाई उत्कृष्ट उपशाखाको रुपमा पुरस्कृत समेत गरिएको थियो । शाखा सभापति बुद्धि प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उप सभापति शोभा शाक्यले स्वागत र सदस्य भिमसेन कार्किको संचालनमा कार्यक्रम चलेको थियो । कार्यक्रममा ज्ञानेन्द्र अटोका प्रोपाईटर विरेन्द्रकाजी शाक्यले आफ्ना बुवा लक्ष्मीकाजी शाक्यको स्मृतीमा ५ हजार ५ रुपैयाको अक्षयकोषको लागी रकम प्रदान गरेका थिए ।

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %