बुटवल
राष्ट्रिय युवा मोर्चाको छैठौं ऐतिहासिक राष्ट्रिय सम्मेलन धारानमा मंगलबार २२ गते देखि सुरु हुँदैछ । “युवलाई स्वदेशमै संस्थापन हाम्रो अभियान, पूर्ण संघीय गणतन्त्रिक संविधान निर्माण राष्ट्रिय यूवा मोर्चाको छैठौ राष्ट्रिय सम्मेलन धरान” भन्ने मूल नाराको साथ २२ गते देखि सुरु भएर २३ र २४ गते सम्म चल्ने राष्ट्रिय यूवा मोर्चाको छैठौं राष्ट्रिय सम्मेलन कार्यक्रम संयोजक तथा राष्ट्रिय यूवा मोर्चाका उपाध्यक्ष बोम दर्लमीले जनकारी दिए ।
उनले राष्ट्रिय यूवा मोर्चाको छैठौं राष्ट्रिय सम्मेलन कार्यक्रमको समुद्घटन राष्ट्रिय जनमुक्ति पार्टीका सह–अध्यक्ष श्रवण कुमार लिम्बुले गर्ने जानकारी समेत गराए । साथै सम्मेलनमा माननिय सभासद तथा राष्ट्रिय जनमुक्ति पार्टीका उपाध्यक्ष शिवालाल थापामगर, राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सुर्यवंशी लगाएतका बक्ता तथा अन्य अतिथिहरुको उपस्थिति रहने कार्यक्रम राहेको दर्लमीमगरले जनाए । उनले ऐतिहासिक राष्ट्रिय युवा मोर्चाको छैठौं राष्ट्रिय सम्मेलनलाई सफल रुपमा कार्यक्रम अगाडी लैजानको लागि शनिबार जनजागरण कोणसभा गरी देशका विभिन्न स्थानहरु सुनसरी, धरान, इटहरी, किनारुवा , दुहवी बजार लगाएतका स्थानहरुमा बृह्त र्याली निकालिने जानकारी समेत दिए ।
त्यस्तै आईतबार कार्यक्रमको उद्घाटन हुने र सोमबार बन्दसत्र धरान –८ को लङ्गघली समुदायिक वनको सभाहलमा हुने कार्यक्रम रहेको उपाध्यक्ष बोम दर्लमीले जनकारी दिए । सम्मेलनमा नेपाल अधिराज्यभरीका ५३० जना प्रतिनिधिहरु सहभागी हुने कार्यक्रम रहेको आयोजकले जानकारी गराएको छ ।
संघीय एक्सप्रेसको सहकार्यमा
