देब पचभैया
पाल्पा, चैत्र २० – स्याङ्गजाको आलमदेबीमा एक दिने चैतेदशै मेला एबं बृहत सास्कृतिक महोत्सब हुने भएको छ । जोगाऔ कला र संकृति, पर्यटन प्रबद्र्धन हाम्रो निति भन्ने मुल नाराका साथ महोत्सब गर्न लागीएको आयोजकहरुले बताएका छन् ।
सदरमुकाम पुतलीबजार देखि ६५ किलोमिटर पश्चिममा रहेको आलमदेबी मन्दिरमा लाग्ने चैते दशै मेलालाई लक्षित गर्दै नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा स्थानिय जनज्वती क्लबले आगामी २४ गते सोमबार राष्ट्रिय कलाकार सहित बृहत सास्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।
ऐतिहासिक आलम देबी मन्दिरको प्रचारप्रसार गर्ने र छरिएर रहेको कला र सस्कृतिलाई संरक्षण गर्ने हेतुले मेला गर्न लागिएको मेला मुल आयोजक समितिका संयोजक पर्थ थापाले जानकारी दिनुभयो । आयोजकका अनुसार मेलामा ६ हजार बढी दर्शक आउने र ५ लाख बढीको कारोबार हुने अनुमान गरिएको छ ।
मेलाबाट बचत पैसा आलमदेबी मन्दिर संरक्षण र स्थानिय अमरदिप प्राबिलाई छात्रबृति अक्षयकोष निर्माणको लागी सहयोग गर्ने संयोजक थापाले बताउनुभएको छ ।
लोक दोहोरी गायक शिरिस देबकोटा, संझना लामीछाने, हास्यकलाकारहरु सुरेन्द्र केसी (मुलाको साग) शिबसंकर रिजाल (जोगेन्दर) लगाएतका कलाकारहरु सहभागी हुने महोत्सबमा छिमेकी गुल्मी र पाल्पा जिल्लाका दर्शकहरुपनि मेलामा सहभागी हुने आयोजकहरुले बिश्वास गरेका छन् ।
हरेक बर्षको चैते दशैको दिन बिषेश मेला लाग्ने आलमदेबी मन्दिरमा देशभर बाट पुजा गर्न भक्तजनहरु आउने प्रचलन छ ।
