फस्टाउंदै होम स्टे

Read Time:2 Minute, 36 Second

देब पचभैया

नवलपरासी, २० चैत्र – नवलपरासीको अग्यौली–५, बाघखोरमा खोलिएको होम स्टे फस्टाउंदै गएको छ । स्थानीय थारु र बोटे समुदाय मिलेर खोलेको होम स्टेमा पर्यटकको आगमन बढ्न थालेपछि यो व्यवसाय फस्टाउन थालेको हो । 

अहिले होम स्टेले गाउंको चिनारी बढाउनका साथै आन्तरिक पर्यटकको गन्तव्य समेत बन्न थालेको अमलटारी मध्यवर्ती होम स्टे गाउंका अध्यक्ष प्रेमशंकर मर्दनिया थारु बताउछन् ।

गत जेठ महिनाबाट सञ्चालनमा ल्याइएको होम स्टेले १० महिनामै करिब २० हजार पर्यटकलाई स्वागत गर्न पाएको छ ।

होम स्टेमा पर्यटकहरुलाई घर घरमा खान, वस्नको व्यवस्था मिलाइने गरिन्छ ।

अध्यक्ष मर्दनियाका अनुसार होम स्टेमा आन्तरिक पर्यटकहरु बढी आउने गरे पनि भुटान र अस्ट्रेलिया लगायतका क्षेत्रका वाह्य पर्यटक समेत आउन थालिसकेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नजिकै रहेको बाघखोरमा अहिले २० घरमा होम स्टे सञ्चालनमा रहेको छ । जसले एकै दिनमा कम्तिमा ८० जना पर्यटकको व्यवस्थापन गर्न सक्ने क्षमता रहेको स्थानीय बासिन्दा एवम् होम स्टेका सञ्चालक सन्तबहादुर चौधरी बताउछन् । होम स्टे सञ्चालन गरेपनि प्रत्येक घरले खर्च कटाएर मासिक २० हजार रुपैयांसम्म आम्दानी गर्न सफल भएको अध्यक्ष मर्दनियाले बताए ।समूहमा सञ्चालन गरेको होम स्टेबाट आएको आम्दानी मध्ये आधा रकम गाउंलेलाई वितरण गर्ने गरिएको छ भने आधा रकम समूहको कोष बनाएर जम्मा गर्ने गरिएको छ ।

बाघखोरमा एक जना आन्तरिक पर्यटकले एक हजार रुपैयांमा एक दिनको सेवा सुविधा लिन पाउने छन् ।  होम स्टेमा सांझ पर्यटकहरुका लागि देखाइने थारु र बोटे समूदायको सांस्कृतिक कार्यक्रम, हात्ती सफारी, गाडा सफारी, माछा फिसिङ्ग लगायतले पनि यस होम स्टेप्रति पर्यटकको आर्कषण बढेको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %