देब पचभैया
पाल्पा, चैत्र २० – मंगलबार देखि अबरुद्ध भएको गुल्मीको रिडि रुद्रबेणी वामीटक्सार मोटरबाटो आज बिहान बाट संचालनमा आएको छ । ३ दिन सम्म यातायात अबरुद्ध हुदा सयौ यात्रुहरुले सास्ती बेहोर्नुपरेको थियो ।
पश्चिमाञ्चल बस ब्यवशायी संघका गाडी बाहेक अरु समितिका गाडीहरु बिहान ५ बजे बाट सुचारु भएको स्थानिय हेम त्यागीले जानकारी दिए ।
पश्चिमाञ्चल बस ब्यवशायी संघको बसले सोमबार बिहान स्थानिय ३ बर्षिया आस्मा काउचालाई ठक्कर दिएपछि यातायात एबं बजारहरु बन्द गरेरे स्थानियले क्षतिपुर्तीको माग गरेका थिए ।
बुटवल बाट बाग्लुङ्गको बराकोट जादै गरेको लु १ ख ६२२५ नम्बरको बसले हसरा खैरेनी बजारमा काउचालाई ठक्कर दिएको थियो । खुट्टामा गंभिर चोट लागेको आस्मालाई हेलिकोप्टर मार्फत काठमाण्डौ पुर्याएर उपचार भैरहेको छ ।
उनको बाया खुट्टा काटिएको र अबस्था समान्य रहेको आफन्तहरुले बताएका छन् ।
घाईते बालिकाको पुर्ण उपचार, हेलिकप्टरको खर्च बस समितिले बेहोेर्नुपर्ने र बालिकाको जिबन निर्बाहको लागी आबश्यक रकम दिनुपर्ने स्थानियले माग गरेर बाटो र पसल बन्द गरेर आन्दोलित बनेका हुन् । सहमतिको लागी सोमबार बेलुकी र बिहिबार दिउसो पटक पटक स्थानिय र प्रहरीबिच बार्ता भएपनि सहमति हुन नसक्दा बाटो खुलेको थिएन ।
हिजो दिउसो जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजेन्द्र श्रेष्ठको टोली स्थानिय संगको बार्तामा सामेल भएपनि पश्चिमाञ्चल बस समितिका प्रतिनिधि सहभागी नभए पछि बार्ता निश्किर्ष बिहिन भएको थियो । अस्ति बेलुकी स्थानिय र बस समिति बिच भएको बार्तामा हेलिकोप्टरको खर्च समितिले नदिने अडान लिएपछि बार्ता रोकिएको थियो ।
