गायक थापाको शव यात्रा विहिवार निकालीने

Read Time:1 Minute, 17 Second

मनोज घर्तीमगर  

पोखरा, १९ चैत्र – पोखरेली गायक एवम् संगीतकार सुन्दर थापाको विहिवार पोखरामा शव यात्रा निकालिने भएको  छ । बुधवार राती शव ल्याई विहान बाटुलेचौरमा श्रद्धाञ्जली गरिने कार्यक्रम छ । विहान ११ बजेपछि शव यात्रा निकालीने परिवारले जनाएको छ ।

लामो समयसम्म चीनमा व्यवसाय गर्दै आएका थापाको ४१ वर्षको उमेरमा चीनमै उपचारको क्रममा निधन भएको थियो । ज्वरो आएपछि उपचारको लागि अस्पतालमा भर्ना भएका थापाको चैत १३ गते निधन भएको हो । पोखराको बाटुलेचौरमा जन्मिएका थापाले आधुनिक तथा पप विधाका थुप्रै गीतमा आवाज र संगीत भरेका छन् । उनी एनआरएन चीनमा समेत आवद्ध थिए ।

थापाको ‘म त भने मायाले मर्ने …’बोलको गीत चर्चित छ । त्यस्तै थापाको संगीत र  कर्णदासको स्वरमा रहेको व्यर्थै फेरि घाइते मुटु बोलको गीत समेत स्रोताले अत्यन्तै मन पराएका छन् ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %