सन्तुलित भोजन सम्बन्धि एक दिने कार्याशाला सम्पन्न

Read Time:3 Minute, 13 Second

देब पचभैया

पाल्पा, चैत्र १९ – तानसेन ११ काजीपौवामा बुधबार सन्तुलित भोजन र मानिसको स्वास्थ्य बिषयक एक दिने कार्याशाला सम्पन्न भएको छ । त्रिभुवन बहुमुखि क्याम्पस तानसेनमा स्नातकोत्तर दोश्र्रो बर्षको स्वास्थ्य बिषयमा अध्ययनरत  बिधार्थीहरुको आयोजनामा कार्यक्रम भएको हो । बालज्वोती निमाबिमा भएको कार्यक्रममा ४० बढी स्थानियको सहभागीता थियो ।

कार्यक्रममा सन्तुलित भोजन र मानिसको स्वाथ्य बिषयमा बिधार्थीहरुले कार्यपत्र पेश गरेका थिए । कार्यपत्र माथि त्रिभुवन बहुमुखि क्याम्पसका सहप्रध्यापकहरु  दामोदर घिमिरे र गिर बहादुर बगालेले टिप्पणी गरेका थिए ।

कार्यपत्र माथि टिप्पणी गर्दे सहप्रध्यापक घिमिरेले मानिसलाई आबश्यक ५ प्रकारका पौष्टिक तत्वहरुको आबश्यकता, यसका महत्व  र प्रयोग गर्ने तरिकाको बारेमा जानकारी हुनु आबश्यक छ भनि जानकारी दिए ।  सन्तुलित भोजन र मानिसको स्वाथ्य एक आपसका परिपुरक भएको भन्दै अर्का प्रध्यापक बगालेले यस बारेमा आफुले जाने बुझेको कुरा अरुलाई पनि भन्न सहभागीहरुलाई आग्रह गरे ।

कार्यक्रममा स्थानिय समाजसेवी बाबुराम खरेल र सहभागी लक्ष्मी अधिकारीले गाउमा आएर आफुहरुलाई सन्तुलित भोजन र मानिसको स्वाथ्य बिषयमा जानकारी दिएकोमा खुशि ब्याक्त गरे । गाउमा कार्यक्रम गरेर सन्तुलित भोजनको बारेका जानकारी, बनाउने तरिका, हात धुने तरिका, पौष्टिक तत्वहरु लगाएतका बारेमा नया कुरा जानेको भन्दै स्थानिय हरुले आयोजकहरुलाई महिनै पिच्छे यस्तै प्रकारका स्वास्थ्य सम्बन्धी जानकारी दिन  आग्रह गरेका थिए । स्वास्थ्य सम्बन्धि ब्यवहारीक  जानकारी दिन यसरीनै बिधार्थीहरुले गाउ गाउमा गएर बिभिन्न कार्यक्रमको आयोजना गर्नुपर्नेमा स्थानिय स्वयम सेबीकाहरुले जोड दिएका थिए ।

बिधार्थी रिता न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन मणि भण्डारी गर्नुभएको थियो । स्थानिय शिक्षक, स्वाथ्यकर्मी, समाजसेवी र गृहणी हरुको कार्यक्रममा सहभागीता रहेको थियो । सहभागीहरुलाई चार समुहमा बिभाजन गरी सन्तुलित भोजन र मानिसको स्वास्थ्य बिषयमा छलफल गरिएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %