देब पचभैया
बुटवल, १७ – चैत्र मगर कला तथा सांस्कृतिक संरक्षण मंच नेपालले बुटवलमा आयोजना गर्न लागेको मगर सांस्कृतिक महोत्सव २०७० को तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ ।
मंचले चैत्र २७ गतेदेखि बैशाख १ गतेसम्म बुटवलको बालमन्दिरमा महोत्सव गर्न लागेको हो । महोत्सव तयारीको क्रममा मंचले स्टल निर्माण,पर्चा,पोष्टरिड,आर्थिक अभियान,जनभेटघाट लगायतका कार्यलाई अगाडि बढाइएको संयोजक रोशन गलामीमगरले जानकारी दिए । महोत्सवमा मगरहरको हराउंदैं गएको सति घांटु,बाह्रमासे घांटु,सोरठी,कौंडा,सैसारु,थाली नांच,हुर्रा,दोहरी लगायत ख्याती प्राप्त मगर राष्टिय कलाकारहरुको जमघट रहने आयोजक समितिले जनाएको छ । महोत्सवको प्रचारप्रसारका लागि मंचले चैत्र २६ गते मोटरसाइकल र्याली निकाल्ने कार्यक्रम रहेको सचिव प्रेम राहदीले जानकारी दिए ।
चैत्र २७ गते दिउंसो महोत्सवको एक कार्यक्रमबीच माननीय संस्कृति तथा पर्यटन मन्त्री भीम अचार्यले यद्घाटन गर्ने कार्यक्रम रहेको मंचका संयोजक रोशन गलामीले बताए । कार्यक्रमअघि मंचले बुटवलको राजमार्ग चौराहबाट मगर सांस्कृतिक झांकीसहितको र्याली निकाल्ने र बुटवल बजार परिक्रमा गरेर बुटवलको हाटबजारस्थित बालमन्दिरमा पुगेर महोत्सव मुल कार्यक्रममा परिणत हुंने संयोजक गलामीले बताए ।
