देब पचभैया
बुटवल १७ चैत्र – उपप्रधान तथा गृह मन्त्री वामदेव गौतमले गृह मन्त्रालयले शुरु गरेको शान्ति सुव्यबस्था कायम गर्ने काममा प्रतिवद्ध भएर काम गर्न सुरक्षा अधिकारीहरुलाई आग्रह गरेका छन ।
उनले शुसासन कायम गर्नका लागि भ्रष्टाचार अन्त्य हुनु पर्ने धारणा राख्दै प्रधानमन्त्री शुशिल कोईरालाले अंगाडी सारेको शुन्य सहनशिलताको बाटोबाट काम गर्नका लागि यस क्षेत्रका सुरक्षा निकायका अधिकारीहरुसंग आग्रह गरेका छन ।
“शुसासन कायम गर्नका लागि भ्रष्टाचार अन्त्य हुनु पर्छ, उनले भने–“शुन्य सहनशिलता बिकासका लागि म तयार छु ।”
शान्ति शुव्यबस्था कायम गर्ने जिम्वेवारी आफ्नो भएको बताउँदै मन्त्री गौतमले समाजमा अराजकता मच्चाउने, अर्काको सम्पत्ति लुट्ने, गुण्डागर्दि गर्ने व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई निर्देशनदिए ।
ब्रह्मकुमारी ईश्वरीय विश्वबिद्यालय क्षेत्रीय कार्यालय बुटवलमा निर्माण गर्न लागिएको राजयोग सभागृहको सोमबार सिलान्यास गर्दै उनले नेपालमा हिंसात्मक आन्दोलन आवश्यक नभएको र शान्ति र संमृद्धिका लागि बैधानिक बाटोबाट अंगाडी बढ्न पनि सबैलाई आग्रह बताए ।
सोहि कार्यक्रममा नेकपा एमालेका सचिव तथा संबिधान सभाका सदस्य, पूर्व मन्त्री बिष्ण पौडेलले शान्ति प्रकृयाका बाँकी काम पुरा गर्दै शान्ति समृद्धि तथा संबिधान निर्माणको काममा एमाले प्रतिवद्ध रहेको बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री वालकृष्ण खाँणले १२ बुँदेलाई सार्थक बनाउँदै शान्ति र संबिधान निर्माणका लागि १२ बुँदेका साझेदार दलहरु नेपाली कांग्रेस र माओवादी ईश्युगत रुपमा मिल्न जरुरी रहेको बताए ।
त्यस्तै एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा संबिधान सभाका सदस्य टोपबहादुर रायमाझीले पनि संबिधान निर्माणको कामलाई जोड दिंदै अग्रगामी संबिधानका लागि प्रतिवद्ध हुन बिपक्षि पार्टीका नेताहरुलाई आग्रह बताए ।
पूर्व मन्त्री समेत रहेका रायमाझीले आन्दोलनबाट प्राप्त उपलव्धिहरुलाई संस्थागत गर्न जरुरी रहेको बताउनुभयो । ब्रह्मकुमारी ईश्वरीय विश्व बिद्यालय क्षेत्रीय कार्यालय बुटवलले १५ करोड रुपैंयाको लागतमा ४ तले प्रशिक्षण भवन निर्माण गर्न लागेको पश्चिम नेपालकी सह निर्देशक राजयोगिनी कमलाले जानकारी गराए ।
