कमल चौधरी
बुटवल , १७ चैत–बुटवल ११ ईट्टाभट्टीमा डेरा गरी बस्दै आईरहेकी एक महिलाले आज पंखामा झुण्डिएर आत्महत्या गरेकी छिन् । ३६ बर्षिय आशा देवी चौहान नाम गरेकी महिलाले विहान सांढे दश बजेको समयमा कोठाको ढोका लगाएर पंखामा झुण्डिएर आत्महत्या गरेको प्रहरी साहयक निरिक्षक हरी बगालेले बताए ।
(ढोका र्फोदाको तस्बीर)
लक्ष्मीपुर भारत घर भएका उनी परिवार संगै विगत ७ बर्षदेखि बुटवलमा बस्दै आइरहेकी थिईन् । एक्कासी ती महिलाले आत्महत्या किन गरिन ? त्यो भने रहस्य खुल्न अझै नसकेको साहयक निरिक्षक बगालेले जनकारी दिए । मृतकको श्रीमान नन्दु चौहान घर बनाउने ठेक्कापट्टा मीस्त्रीको काम विगत ७ बर्षदेखि बुटवलमा गर्दै आईरहेका थिए । श्रीमान काम गरेर दिउँसोको खाना खाना डेरामा फर्किदा श्रीमाती झुण्डीएको अवस्थामा रहेको घरबेटीले बताईन् । शबलाई अनुसन्धन गर्नकोलागि पोष्टमार्टम गर्न लिएर गएको प्रहरी साहायक निरिक्षक बगालेले जनकारी दिए ।
