प्र.म कोइरालाको पत्रकार सम्मेलन

Read Time:2 Minute, 24 Second

दीपा आले

नेपालगंज, १६ चैत्र  – प्रधानमन्त्री सुशील कोइरालाले जेठ भित्रै स्थानीय निकायको निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल प्रेस युनियन,बाँकेले आज विहान नेपालगंजमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री कोइरालाले ऐन संशोधनको तयारी भइरहेको बताउँदै दलहरुबीच सहमति कायम गरी जेठभित्रै स्थानीय निकायको निर्वाचन गरिने बताए ।  

  एक वर्षभित्र लोकतान्त्रिक संविधान निर्माण गर्ने आफ्नो मुख्य लक्ष्य भएको भन्दै प्रधानमन्त्री कोइरालाले अब कसैले पनि संविधान निर्माणको कामलाई रोक्न नसक्ने दाबी गरे । शान्ति, स्थायित्व, लोकतन्त्र र विकासको अब विकल्प नभएको भन्दै अन्तर्राष्ट्रिय समुदाय र दातृ निकायहरु समेत नेपालमा लगानी गर्न आतुर रहेको बताए ।

राजदुत नियुक्ति,मन्त्रीपरिषद्ले मनोनित गर्ने २६ सभासद् र संवैधानिक नियुक्तिको काम एक साताभित्रै सम्पन्न गर्ने गरी तयारी थालिएको उनको भनाई थियो । नेपालमा जलस्रोतको प्रचुर सम्भावना भएको भन्दै त्यसमार्फत् विभिन्न आयोजनाहरु सञ्चालन गरी बढ्दो बेरोजगारी समस्याको समाधान गर्न सकिने प्रधानमन्त्री कोइरालाले बताए ।

नेपाल सरकारको आफ्नै लगानीमा बाँकेमा निर्माणाधिन अवस्थामा रहेको सिक्टा सिंचाई आयोजनाको काम पनि अब दुई वर्षमा पूरा हुने कोइरालाले बताए । स्थानीयबासीलाई दिनुपर्ने क्षति र मुआब्जालाई लिएर केहि महिनादेखि काम रोकिएको सिक्टा सिचाईको विवाद पनि अब छिट्टै टुंगिएर काम सुचारु हुने कोइरालाले पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।  

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %