जथाभावी जंगल फाड्नाले पानीको मुहान सुक्दै

Read Time:2 Minute, 3 Second

गोविन्द घर्ति

देवदह ,चैत्र १५ – वन जंगल जथाभावी फडानीका कारण पानीको मुहान सुक्दै गएकाले पानीको समस्या बढ्दै गएको देवदहमा आयोजित एक कार्यक्रममा बौल्ने वक्ताहरुले बताएका छन् । देवदह खानेपानी तथा सरसफाई उपभोक्ता समितिले विश्व पानी दिवसको अवसरमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले पानीको मुहानको संरक्षण र सम्वद्र्धन गर्न सवै आ–आफनो ठाउबाट लाग्नु पर्नेमा जोड दिएका थिए ।

देवदह खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जसमान गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह गाविसका सचिव टेकराज भट्टराई, खानेपानीका सचिव नमराज पुरी, नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि जीवलाल पराजुली, नेकपा एमालेका जिल्ला सदस्य सिद्धिचरण भट्टराई, नेपाली काग्रेसका क्षेत्रीय सचिव वासुदेव रिमाल, एमाले देवदहका अध्यक्ष पदम थापा, एकिकृत माओवादीका अध्यक्ष कृष्ण ढकाल, नेकपा–माओवादीका ऋषिराम लामिछाने, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, वन सञ्जाल देवदहका अध्यक्ष खेमनारायण अधिकारी, अपाङ्ग सेवा समाजका वालकुमार श्रेष्ठ लगायतले बोल्दै गरीवहरुको पहुचमा पुर्याउन सार्वजनिक स्थानमा खानेपानीको धारा जडान गर्नु पर्नेमा जोड दिएका थिए ।

खेमानन्द ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %