बुद्द सस्कारबाट रानाको अन्त्यस्टि,सम्झनामा प्रतिष्ठान गठन

Read Time:3 Minute, 35 Second

स्याङ्जा 

गल्याङ्ग , चैत्र १४ – १७ वर्षका कलिला युवक मनोज राना मगरको अल्पायुमै आकस्मिक निधन भएको १३ औं पुण्य तिथीको अवशरमा गल्याङ्मा एक कार्यक्रमका विच श्रद्धान्जली सभा  सम्पन्नभयो । उनको गत चैत्र १ गते वुटवल कालिकानगरमा मोटरसाईकल दुर्घटनामा परी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो । स्व. मनोज राना मगरले माध्यामिक तह सम्मको अध्ययन गल्याङ् भू.पू. सैनिक मा.वि मा गरेका थिए । पढाईमा निकै तेजिलो , मेहनेती , मिलनसार तथा अनुशासित मनोज हाल वुटवल टेक्निकल कलेजमा अध्ययनरत थिए । मुक्तिश्वर राना मगरको एक्लो छोराको रूपमा २०५३ साल जेठ १९ गते जग्रतादेबि, गल्याङ्गमा जन्मेका थिए । 

  नेपाल मगर युवा संघ गल्याङ्को आयोजनामा भएको सो श्रद्धान्जली सभामा मगर बौद्ध समाज स्याङ्जा जिल्ला उपाध्यक्ष, मगर वापा रनवहादुर थापा मगर  र मगर बौद्ध समाज का मगर वापा धन वहादुर डाला मगर ले सयुंक्त रुपमा पानसमा दिप पज्वलन गरी श्रद्धान्जली सभाको सुरुवात गरेका थिए ।

सभामा गल्याङ् भू.पू. सैनिक मा.विका कार्यवाहक प्रध्यानध्यापक गोपाल गाहा मगर , समाजसेवि तथा स्वर्गीय मनोज राना मगरको ठुलो वुवा राम वहादुर थापा मगर, मगर युवा संघ गल्याङ् इकाई समितिका अध्यक्ष डोलु थापा मगर लगाएतले राना मगर प्रति श्रद्धान्जली मन्तव्य व्यक्त गरेका थिए । गल्याङ् बासीहरुको उल्लेख सहभागिता रहेको श्रद्धान्जली सभामै स्व. मगरका वुवा मुक्तिश्वर राना मगरले आफ्नो एक्लो छोरा कलिलो उमेरमै गुमाउनु पर्दाको पिडा शोक लाई शक्तिमा वदली गर्दै छोराको नाममा रु. १ लाख को अक्षय कोष खडा गरे ।

  प्रतिष्ठानको नाम  ‘मनोज स्मृती प्रतिष्ठान’ रहने गरि गरीव जेहेन्दार तथा जनजाति र अन्य समुदायका विद्यार्थीहरुको अध्ययनमा छात्रवृति प्रदान गरिने मुक्तिश्वर राना मगरले सभामै उद्धघोष गरे । अक्षय कोषको लागि विभिन्न व्यक्ति, संघ सस्थांहरुले पनि  सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । वुटवल टेक्निकल इन्टिच्यूट मार्फत रु. १ लाख , मगर युवा संघ गल्याङ् , मगर महिला संघ गल्याङ् इकाई समितिले पनि सहयोग गर्ने प्रतिवद्धता जाएका छन् भने श्रद्धान्जली सभामै रु. ५ हजार सङ्कलन भएको थियो ।

अन्य प्राप्त सहयोगलाई पनि अक्षय कोषमा थपिने रानाको भनाई छ । प्रतिष्ठान गठनको र दर्ता प्रक्रियाको लागि मनोजको वुवा मुक्तिश्वर राना मगरको सयोंजकत्वमा समिति निमार्ण गरी आवश्यक प्रक्रिया अगाडि वढाउने वताइएको छ । 

विनोद रखाली मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %