नयाँ वर्षदेखि सबै सभासद् बिध्यार्थी झै एउटै पोसाकमा

Read Time:1 Minute, 37 Second

राज्यसत्ता

काठमाडौँ, चैत १३ – संविधानसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी बैशाख १ गतेदेखि सबै सभासदका लागि बिध्यार्थी झै एउटै पोसाक लगाएर संबिधान सभामा सज्जिनु पर्ने भएको छ ।

बिहिबार बसेको समितिको बैठकले सबै महिला र पुरुषहरुले अनिवार्य रुपमा खैरो रंगको कोट, जुहारीकोट वा इस्टकोट लगाउनुका साथै सचिवालयले उपलब्ध गराएको सभासदको लोगो छातिको देब्रे साइडमा लगाउनुपर्ने निर्णय गरेको छ।

संविधानसभाले हालै पारित गरेको संविधानसभा तथा व्यवस्थापिका संसद नियमावलीमा सभासदको लोगो लगाउने विषयमा एकरुपता ल्याउने निर्णयका साथ व्यवस्था गरेको छ। तर पोसाककाबारेमा नियमावलीले कुनै कुरा उल्लेख नगरेको भएपनि बिहिबारको कार्यव्यवस्था समितिको बैठकमा सभामुखले पोसाकमा पनि एकरुपता ल्याउन त्यस्तो प्रस्ताव गरेका हुन। यस अघि सभासदहरुले गाढानिलो वा कालो रंगको कोट लगाएर संसदमा उपस्थित हुँदा त्यसको रंग सरकारी कर्मचारी वा सचिवालयका मर्यादा पालकको जस्तो देखिन गएपछि सभासदहरुलाई खैरो रंगको कोट, जुहारीकोट लगाउनु पर्ने निर्णय भएको हो।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %