गोविन्द घर्ति
देवदह चैत्र १२ – वन डढेलो तथा चोरी निकासी नियन्त्रण सम्वन्धी अन्र्तक्रिया कार्यक्रम देवदह–३, शिवालय टोलमा सम्पन्न भएको छ ।
अन्र्तक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले उपभोक्ताहरु सचेत भएमा डढेलो तथा चोरी निकासी नियन्त्रण गर्न सकिने बताएका थिए । गर्मीको समय संगै देखा पर्ने डढेलोले जैविक विविधतालाई नोक्सान गर्ने भएकाले सवै जना सचेत हुनु पर्नेमा उनीहरुले जोड दिएका थिए ।
शिवालय सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि देवदह गाविसका सचिव टेकराज भट्टराई, विशिष्ट अतिथि सेक्टर वन शितलनगरका प्रमुख सतेन्द्रनारायण सिंह, ईलाका वनका अधिकृत वलराम पोखरेल, एकिकृत माओवादीका देवदह अध्यक्ष कृष्ण ढकाल, नेकपा–माओवादीका ईन्चार्ज ऋषिराम लामिछाने, युगज्योति माविका अध्यक्ष वासुदेव रिमाल, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, निलध्वज मल्ल, कृष्ण तिवारी, भिमबहादुर सिंजाली, गणेश वस्याल, दामोदर क्षेत्री, यमकला भूषाल लगायतले आ–आफना भनाई राखेका थिए ।
समुहका सचिव टिकाराम भुषालको संचालन र रामचन्द्र पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
