गोविन्द घर्ति
देवदह चैत्र १२ – राज्यले कुष्ठरोग निवारण घोषणा गरेपनि रुपन्देहीको देवदहमा भने कुष्ठरोगीको संख्या धेरै रहेको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
कार्यक्रममा बोल्ने वक्ताहरुले देवदह लगायत रुपन्देही जिल्लामा १२ वटा गाविसमा कुष्ठरोगी संख्या प्रति १० हजारमा १ जना भन्दा बढि रहेको बताएका छन् । विकास नेपाल पोखराको आयोजनामा कुष्ठरोग नियन्त्रण तथा पुर्नस्थापना सम्वन्धी पत्रकार सम्मेलनमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
सो कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख ऋषिप्रसाद लामिछानेले कुष्ठरोग निवारण गर्न ग्रामिण स्तरमा चेतना फैलाउनु पर्नेमा जोड दिए । उनले सवैको सहकार्यले मात्र कुष्ठरोग निर्वारण गर्न सकिने बताए । प्रमुख लामिछानेले सवै मिलेर काम गर्ने हो भने कुष्ठारोग नियन्त्रण गर्न कुनै कठिनाई नभएको बताए । विकास नेपाल पोखराका अध्यक्ष शैलेन्द्र गौतमको अध्यक्षतामा भएको कार्यक्रममा देवदह गाविसका सचिव टेकराज भट्टराई, देवदह आर्दश बहुमुखी क्याम्पसका प्रमुख मित्रलाल न्यौपाने, विकास नेपालका अधिकृत गोपाल गुरुङ्ग, रुपा न्यौपाने लगायतले बोल्दै कुष्ठरोगीलाई जिवीकोपार्जनमा सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।
देवदह उपस्वास्थ्य चौकीका प्रमुख जयकिशन अधिकारीको संचालन र विकास नेपालका निर्देशक प्रकाशराज वाग्लेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेतृत्व विकास तालिममा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरीएको थियो ।
