देब पचभैया
पाल्पा , चैत्र ११ – पाल्पाको दोभानमा हिजो बिहान भएको ट्रिपर दुर्घटनामा परि ज्यान गुमाएका एक पुरुषको परिचय खुलेको छैन । दोभान १ मा चुनढुङ्गा लिन हिडको लु १ ख ८४१८ नम्बरको ट्रिपर सडक बाट ५० मिटर तल खस्दा एक जनाको मृत्यु भएको थियो भने २ जना गंभिर घाईते भएका थिए ।
दुर्घटनामा घाईते भएका नवलपरासी मजरीयाका चालकको अंचल अस्पताल बुटवलमा उपचार भैरहेको र अर्की घाईते महिलाको बुटवलमा उपचार हुन नसकेपछि चितवनमा उपचार भैरहेको छ । घाईते हरुको पनि परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
