देब पचभैया
पाल्पा, चैत्र ११ – ९ बर्षिया छोरी बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पाल्पाले ३५ बर्षिय राम बहादुर बिक लाई पक्राउ गरेको छ । रोल्पा घर भई तानसेनमा मजदुरी काम गर्दे आएका बिकले छोरीलाई बलात्कार गरेको देखेपछि उनका श्रीमतीले गाउलेलाई खरब गरेका थिए ।
दुई छोरी र एक छोराका बाबु राम बहादुर बिकलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक कृण्ण सापकोटाले जानकारी दिए । तानसेनको एक बिधालयमा कक्षा २ मा अध्ययन गर्ने ति बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको थियो ।
पछिल्लो समयमा पाल्पामा बलात्कारका घटनाहरु बढीरहेको छन् । पछिल्लो एक महिनामा मात्रै ४ वटा बलात्कारका मुद्धा दर्ता भएर कारबाही अगाडि बढेको प्रहरी निरिक्षक सापकोटाले बताए ।
