महासंघ मलेसियाले प्रथम वार्षिकोत्सव मनायो

फोटो फिचरसहित रोशन अस्लामी मगर

 

मलेसिया ,

 

क्वालालम्पुर , २४ मार्च – नेपाल आदीवासि जनजाति महासंघ मलेसियाको प्रथम वाषिर्कोत्सव क्वालालम्पुरको चाइनाटाउन स्थित द फाइब इभेन्टस्  होटेलमा २३ मार्चका दिन  भब्य रुपमा सम्पन्न भएको छ ।

सो कार्यक्रमका प्रमुख अतिथि गैर आवासिय नेपाली संघ मलेसियाका उपाध्यक्ष विश्व राई, बिसेश अतिथिहरूमा नेपाल एयरलाइन्सका कन्ट्रि मेनेजर रसु कार्कि,कान्तिपुर दैनिकका रामचन्द्र गिरी,प्रवासी मगर संघ मलेसियाका अध्यक्ष राजेन्द्र राना मगर थिए ।

 

 

प्रवासी तामाङ एकता समाजका दिपक तामाङ,आदिवासि जनजाति महासंघ क्षेत्रिय कमिटी जोहोरका अध्यक्ष भिम तामाङ, आदिवासी जनजाति महासंघ पेनाङका सल्लाहकार एन.वि पुन,सचिव हिरा छत्याल,साहित्यकार मनिराई गोठाले ,किरात याक्थुम चुम्लुङका मोहन थेवे,तमु समाजका केश तमु लगायतका अतिथिमा थिए ।  कार्यक्रममा अतिथिहरु सबैले सफलताको शुभकामना सहित मन्तब्य व्यक्त गरेका थिए ।  प्रथम वाषिर्कोत्सवको अवसरमा मलेसियामा रहेर विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका १० जनालाई सम्मान गरिएको थियो ।

 

सम्मानित हुनेहरूमा :

पत्रकारिता क्षेत्रवाट अनलाइनखवरका मलेसिया सम्वाददाता रामचन्द्र नेपाल, रेमिटान्सको तर्फवाट आईएमई, गैरआवासिय नेपाली संघका अध्यक्ष शंकरवहादुर पौडेल, साहित्यकार तथा काटुनिष्ट मनि राई गोठाले, केश्रा साहित्यका प्रवर्द्धक मौला श्री लिम्वु , कराते खेलाडि तथा प्रशिक्षक योगेन्द्र कोइराला , पत्रिकाकातर्फ श्रम साप्ताहिक, संघसंस्थाहरुवाट प्रवासि मगर संघ, इभेन्ट शो तर्फ जिरो माईल एसडिएन विएचडि तथा ब्यापारि एवं आदीवासी जनजातिलाई निकै सहयोग पुरयाउने सोनाम लामालाई सम्मान गरिएको थियो । 

 

गैर आवासिय नेपाली संघ मलेसियाका उपाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि विश्व राई, नेपाल एयरलाइन्सका कन्ट्रि मेनेजर रसु कार्कि तथा आदिवासि जनजाति महासंघ मलेसियाका अध्यक्ष सुन्दर आले मगरले सयुक्त रुपमा सम्मान गरेका थिए ।

महासंघ मलेसियाका अध्यक्ष सुन्दर आले मगरको सभापत्विमा सचिब अमृत थाङदेन लिम्वु को स्वागत मन्तब्य र महासचिव जीवन देवान गाउँलेले संचालनगरेका थिए । कार्यक्रम मा संघ का सचिब राम अस्लामी मगरले वार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । 

 

 

 

 

 

 

 

 

 

 

 

कार्यक्रममा साहित्यकारहरु श्रीजन श्री,दिलदुखि जन्तरले गजल तथा कविता साथै कलाकारहरुले आ-आफनो गला र कला प्रस्तुत गरेका थिए ।