भूपू सैनिक क्लबमा गंगाबहादुर गुरुङ

Read Time:2 Minute, 10 Second

हुम तमु

पोखरा, ७ चैत – पोखरा १ बगर टुँडिखेलस्थित भूतपूर्व सैनिक क्लबको आज सम्पन्न सातौं अधिवेशनले नासु गंगाबहादुर गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

चारबर्षे कार्यकाल रहेको समितिको उपाध्यक्षमा तिलबहादुर श्रेष्ठ, सचिवमा आशकुमार गुरुङ, सहसचिवमा टेकबहादुर गुरुङ र कोषाध्यक्षमा सुवेदार गणेशबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् ।

यसरी नै कार्यसमिति सदस्यहरुमा सुवेदार मेखबहादुर गुरुङ, हवल्दार खेमबहादुर गुरुङ, हरिप्रसाद गुरुङ, श्यामबहादुर बाँनिया, दुर्गाबहादुर गुरुङ, सुवेदार होमबहादुर गुरुङ, दौलतसिंह गुरुङ , सुवेदार चन्द्रप्रसाद गुरुङ, हरिमाया गुरुङ र शान्ती गुरुङ चयन भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि क्लबका संस्थापक अध्यक्ष क्याप्टेन लालप्रसाद गुरुङको संयोजकत्वमा क्याप्टेन देवीप्रसाद गुरुङ , कुलबहादुर गुरुङ , सीता गुरुङ र हुमबहादुर गुरुङ रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

वनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष किमबहादुर गुरुङ, निर्वाचन समितिका संयोजक क्याप्टेन लालप्रसाद गुरुङ, सदस्य सीता गुरुङले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए भने नवनिर्वाचित अध्यक्ष नासु गंगाबहादुर गुरुङले आगामी दिनमा क्लबलाई अझै क्रियाशील बनाउने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रममा सहभागीहरुलाई धन्यवाद  दिएका  थिए ।

           

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %