खिनु गुरुङ ,भैरहवा
रुपन्देहीको मधवलिया गा.वि.सलाई पुर्ण खोप गाविस घोषणा गरिएकोछ । शुक्रवार विश्व खोप दिवसको अवशर पारेर मधवलिया गाविस कार्यलयको पहलमा एक भव्य कार्यक्रमको आयोजना गरी घोषणा गरिएको थियो ।
कार्यक्रममा कोटिहवा चोक देखी मधवलिया नि.मा.वी मधवलिया सम्म र्याली निकालिएको थियो । र्यालीमा स्थानीय संघ संस्था तथा विद्यालयहरुको उल्लेख्य सहभागीता रहेको थियो । र्याली पछी मधवलिया स्थित मधवलिया नि.मा.वीका एक सभाको आयोजना गरि गाविसलाई पुर्ण खोप गाविस घोषण गरिएको गाविस सचिव केशरी शर्माले बताए ।
