निरमायाको नाम्लो कसले फुकाइदेला ?

Read Time:6 Minute, 2 Second

विनोद रखाली मगर

निरमाया सिंजालीमगर १४ वर्षकी भइन् । उनका दुवाली यतिबेला ७/८ कक्षा पढ्दैछन् । तर, निरमाया न स्कुल जान्छिन् न साथीभाइसँग रमाउँछिन् । हिँडडुल गर्न नसक्ने उनी बेलाबेला थरथर काम्छिन् । आँखा, मुख, हात अनि खुट्टा बर्टाछिन् । कहिले वेहोस हुने त, कहिले आफ्नै सुरमा रमाउँथिन् । अब निरमायाका लागि आफ्नै सुरमा रमाउन पनि नपाईने भएको छ । घरपरिवारले उनलाई केहि महिनादेखि पशुसरह झ्यालमा डोरी लगाएर बाँध्न थालेका छन् ।

 

न उनले भोक लागेको बेला खान पाउँछिन् । न प्यास लागेको बेला पानी । कठै, बोल्न सक्ने भए पनि पानी माग्दीहुन् ।

पिडीखोला –७ , सल्यान स्याङ्जामा विसं २०५६ मङ्सिर २२ गते भिमवहादुर सिङ्जाली मगर र हरिशोभाको सातौँ सन्तान निरमाया जन्मदै मानसिक रोगी थिइन् । ५ वर्षसम्म निरमायामा केहि परिवर्तन आउन नसकेपछि परीवार चिन्तामा डुब्यो । सुरुको केही दिन स्थानिय चण्डी प्राथमिक विद्यालयमा भर्ना गरिदिए अभिभावकले । घुडाँले टेक्दै भए पनि दाईदिदीहरुको सहाराले उनी स्कुल जान्थिन् । विद्यालयमा पनि उनलाई छुट्टै रेखदेख गर्नु पथ्र्यो । उनी न वोल्न सक्थिन् न लेख्न । राम्रोसंग हिँडडुल गर्न नसकेपछि उनलाई स्कूल लाने कोहि भएनन् । त्यसपछि उनी वेवारिसे हुन थालिन् । घरकाले वास्ता गर्न छाडे । उनको टाउको, खुट्टामा धेरै चोट लाग्यो । यसले रोगमाथी घाउँ थप्यो । केहि सिप नलागेपछि परिवारले झ्यालमा नाङ्लोले बाँधेर राख्न वाध्य भए ।

नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई विभिन्न सुविधा दिएको छ ।  विस. २०६६ पौष , १ गते उनका बुवा निरमायालाई काँधमा बोकेर स्याङ्जा सदरमुकाम पुगे । २ दिन लगाएर अपाङ्गता परिचय पत्र बनाए । कहिले आफ्नै सुरमा तोते वोल्ने, कहिले मुख वाङ्गो वनाउदै हाँस्ने निरमायालाई अति अशक्त अपाङ्गता, सुस्तमनस्थिती अन्तरगत ‘ख’ वर्ग को निलो कार्ड दिइयो ।  कार्ड हात परेपछि भिमबहादुरले छोरीको उपचारमा राहत मिल्ने भो भन्दै हौसिए । तर, आशामाथी निराशा थपियो । उपचार गर्न सहयोग खोज्दै विभिन्न सरकारी निकायमा गए पनि उनलाई रित्तो हात फकाईयो । सरकारले उपचारमा सहयोग नगरेपछि उनी चिन्तित छन् ।

  पिडीखोला गाविसमा अपाङ् समुहको वजेट मार्फत २०६९ सालमा रु. एक हजार सिवाय केहि आर्थिक ,भौतिक सहयोग नपाएको गुनासो छ उनकी आमा हरिशोभाको । अपाङ्गता भएका , सुस्तमनस्थिती भएका व्यक्तिहरुको सहयोगको लागि नेपालमा च्याउ सरी उम्रिएका गैर सरकारी सस्थांहरु पनि छन् । निरमायाको उपचार सहयोगको लागि भने अहिलेसम्म कसैको नजर पुगेको छैन । निरमायालाई गरिविकै कारण उनको परीवारले ठुलो अस्पतालको मुख देखाउन पाएका छैनन् । ‘घरमा विभिन्न क्षेत्रका ठुलाठुला मान्छेहरु आउछन् , के के सहयोग गर्ने भनेर आश्वासन दिन्छन्’ निरमायाका आमा हरिशोभाले  रुन्चे स्वरमा भनिन्,‘ तर ती सवै सपना मात्र भएका छन् , सहयोग नगर्नेले किन आस नदेखाउनु नी ?

निरमायाको उपचार गर्न स्थानिय विद्यालय, आमा समुह , युवा क्लवले सवै संघसंस्थासँग सहयोगको आह्रवान गरेको छ । भर्खर १४ वर्षकी वालिकाको आफ्नो उज्वल भविश्य निमार्ण गर्न सवैले सहयोग गर्नुपर्ने चण्डी प्राथमिक विद्यालयका शिक्षक कमल रखाली मगर बताउँछन् । ‘अपाङ्गता भएका व्यक्तिहरुको रेखदेखमा सरकारले चासो देखाउनुपर्ने हो’ उनले भने,‘यीनीहरुको लागि आउने सरकारी वजेट पनि सम्वन्धित व्यक्ति सम्म कहिल्यै पुग्दैन ।’

गाँउकै स्थानिय जनमुक्ति युवा क्लवले निरमायाको उपचारमा सहयोग गर्न क्लवले सवैसंग सहयोगको आह्रवान गर्ने जनाएको छ । क्लवका अध्यक्ष किरण रानामगरले निरमायाका जिवन रक्षाको लागि सहयोग गर्न सवैलाई आग्रह गरे ।  ‘सवैले केहि न केहि सहयोग गरे निरमायाले पनि विद्यालय जान पाउने थिइन’ उनले भने,‘यो उमेरमा पशु सरह बाधिनु पर्ने थिएन ।’ निरमायाको घरमा आयआर्जनको स्रोत केहि छैन । उनको बुबाले कर्मी काम गर्छन् । त्यो रकम घर खर्चमै सकिन्छ  । परीवार ठुलो हुँदा झन् समस्या परेको छ ।

निरमायाको सहयोगको लागि :

लक्ष्मि टेलिभिजन , स्याङ्जा : ९८४६५६६८३५

पत्रकार विनोद रखाली मगर : ९७४६०३१०३९

किरण राना मगर , अध्यक्ष श्री जनमुक्ति युवा क्लव , पिडीखोला : ९८४६५७६२९८

कमल रखाली मगर , शिक्षक, श्री चण्डी प्रा.वि.छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %