५८ वर्षिय लम्कामगर एसएलसीमा सहभागी

Read Time:1 Minute, 44 Second

देव पचभैया

  पाल्पा, ६ चैत – बुढेसकालमा एसएसली पास गरेर क्याम्पस पढ्ने धोको बोकेका पाल्पा देवीनगरका ५८ वर्षिय बलबहादुर लम्कामगर आजबाट सुरु भएको परीक्षामा सहभागी भएका छन् । पाल्पाको सेन उच्च मावि केन्द्रमा परीक्षा दिएका उनले यस अघि दुई पटकसम्म परीक्षा दिइसकेका छन् । २०३८ सालतिर टेस्ट दिएर फेल भएका उनी बिदेशतिर लामोसमय विताएका हुन् ।

उता, पाल्पामै अर्का तेल्घाका ५० वर्षिय पूर्ण कार्की पनि आफ्नो पढाईका कारण बढुवा हुन नसकेपछि अहिले एसएलसी पास गर्ने धोकोसहित सहभागी भएका छन् ।

पाल्पाकै दमकडा उच्च माविबाट ५ जना दृष्टिविहिन, एउटा हात नभएका एक जना विद्यार्थी सहभागी भएर परीक्षा दिएका छन् । परीक्षामा रजिष्ट्रेशन फाराम भरेका पाल्पाका २ सय २३ जना विद्यार्थीले परीक्षा दिन पाएका छैनन् । पाल्पा जिल्लाबाट यस वर्षको एसएलसीमा ५ हजार ८ सय ९५ विद्यार्थी सहभागी भएका छन् । नियमिततर्फ ४ हजार २ सय ९३ र एक्जाम्टेडतर्फ १ हजार ६ सय २ विद्यार्थी सहभागी भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । पाल्पामा सदरमुकाम तानसेनमा ४ र ग्रँमीण क्षेत्रमा १८ गरी २३ परीक्षा केन्द्र रहेको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %