अब बन्ने संविधानमा सबै वर्गलाइ अधिकार दिन दवाव : सुर्यवंशी

Read Time:2 Minute, 3 Second

गोविन्द घर्ति     

रुन्देही ५ चैत – राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नं ४ रुपन्देहीको क्षेत्रीय भेला बुटवलमा सम्पन्न भएको छ । 

भेलालाई सम्बोधन गर्दै पार्टीका महासचिव केशव सुर्यवंशीले अब बन्ने संविधानमा पछाडि पारिएका सबै जाति, वर्ग र समुदायका हक अधिकार सुनिश्चित गर्न अहिले देखि नै दवाव दिनुपर्ने बताए । सुर्यवंशीले सबैको पहिचान, अधिकार र समानुपातिक प्रतिनिधित्व ग्यारेन्टी हुने संविधान बनाउन सके मात्र दीगो हुने बताए ।

भेलामा राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद सदस्य होमाया गुरुङ, राष्ट्रिय भुतपुर्व सैनिक संगठनका केन्द्रीय अध्यक्ष भीमबहादुर राना, संघीय सभाका सदस्य मनबहादुर थापा, पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ, महिला मोर्चाका जिल्ला अध्यक्ष धनी आले, भुतपुर्व सैनिकका क्षेत्रीय अध्यक्ष थर्कबहादुर बाह्रघरे, नगर अध्यक्ष नरसिंह काउचा, पार्टीका पर्रोहा गाउं कमिटी अध्यक्ष सुरज दर्लामी, दुर्गाबहादुर घर्ती, हरिलाल गुरुङ लगायतले पार्टीको संगठन सुदृढ बनाउनु पर्नेमा जोड दिएका थिए । 

राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नं ४ का अध्यक्ष बर्णबहादु रानाको अध्यक्षता, सचिव झमबहादुर श्रीसको संचालन र कोषाध्यक्ष लुमबहादुर सारुको स्वागतमा भेला सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %