जिपको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु

Read Time:55 Second

देब पचभैया

बुटवल,चैत्र ५ – बुटवलको नयागाउमा गएराती भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुटवलबाट पश्चिम तर्फ जादै गरेको लु १ ज ६६०  नम्वरको जीपले पश्चिमबाट बुटवल तर्फ आउदै गरेको  लु. १५ प. ५५७४ नम्वरको  मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको  प्रहरीले जनाएको छ । दुर्घटनामा परि बुटवल ५, गोलपार्कका २५ बर्षिय सुभाष  बगाले र गुल्मि बडागाउ ४ की ३२ बर्षिय जोना बगालेको मृत्यु भएको पश्चिम  क्षेत्रीय टाफिक प्रहरी कार्यालयले जनाएको छ । सोहि सडकखण्डमा दुईदिन अघि  भएको दुर्घटनामा पनि दुईजनाको मृत्यु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %