देब पचभैया
बुटवल ४ चैत्र – रुपन्देहीको सालझण्डी र मोतिपुरमा भएका छुट्टाछुटै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
गएराती १० बजे सालझण्डी गाविस वडा न २ मा लु. १ प. ६१३० नम्मरको मोटरसाइकल दुर्घटना हुदा मोटरसाइकल पछाडी सवार स्थानिय मानू थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर धाइते थापाको उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा ल्याउदै गर्दा मृत्यु भएको हो ।
त्यसैगरि मोतिपुर ५ मा गएराती साठे १० बजे लु .३ प .९३१३ नम्मरको मोटरसाईकल दुर्घटना हुदा बुटवल ११ निवासी प्रकाश श्रीसको मृत्यु भएको क्षेत्रिय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । मृतक दुवैजनाको शव पोष्टमार्टमको लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ ।
