दश जनाको दरबन्दीमा दुई जना कर्मचारी

Read Time:1 Minute, 38 Second

देब पचभैया

पाल्पा, चैत्र ४ – जिल्ला घरेलु तथा साना उधोग कार्यालय पाल्पामा दर बन्दी अनुसार कर्मचारी नहुदा काम काजमा समस्या भएको छ । कार्यालयमा दश जना कर्मचारीको दरबन्दी रहेपनि कार्यालय सहयोगी सहितका कर्मचारीले दैनिक प्रशासनिक काम गर्नुपरेको छ ।

कार्यालयमा अधिकृत, नायब सुब्बा, खरिदार, प्रमुख शिक्षक, दुई जना शिक्षक, लेखापाल र ३ जना कार्यालय सहयोगी गरेर १० जनाको दरबन्दी कायम छ । तर लोक सेवा आयोगले समयमा दरबन्दी मिलान गर्न नसक्दा कार्यालयको काम काजमा समेत समस्या हुने गरेको कार्यालय प्रमुख बालकृष्ण गैरेले गुनासो गरेका छन ।

अहिले कार्यालयमा अधिकृत बालकृष्ण गैरे र खरिदार हरि प्रसाद पन्थीमात्रै छन् । उनीहरुलाई कार्यालय सहयोगीहरु गोबिन्द खनार र युबराज ज्ञवालीले सघाएका छन् । कार्यालयका प्रशासनिक काम राती बिहान गरेर सकाए पनि अत्यन्तै जरुरी काममा पनि बिदा बस्न नपाउदा निकै समस्या भएको गैरेले बताए ।

कार्यालयमा रहेको प्रमुख शिक्षक दरबन्दीका कर्मचारी हेटौडाबाट आएको भएता पनि हाजिरी नगरी फर्किएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %