किर्ते कागज बनाई शान्ती समितिको रकम हिनामिना

Read Time:3 Minute, 14 Second

देब पचभैया

पाल्पा, चैत्र ३ गते – पाल्पाको बल्ढेङ्गगढी गाबिसको स्थानिय गाउ शान्ती समितिका लागी बिनियोजन गरीएको २० हजार रुपिया किर्ते कागज बनाई हिनामिना भएको छ ।

गाउ बिकास समितिमा बनेका गाउ शान्ती समितिका पदाधिकारी र राजनैतिक दलका प्रतिनिधि मिलेर किर्ते कागजात पेश गरी रकम हिनामिना भएको स्थानिय बासीहरुले गुनासो गरेका छन् । आर्थिक बर्ष २०६९ / ७० मा गाबिसका द्धन्द्ध पिडिट सहभागी बनाएर कार्यक्रम गर्न १० हजार र समितिको भौतिक पुर्बाधार खर्च १० हजार बजेट बिनियोजित गरिएको थियो । तर गाउमा कार्यक्रमनै नगरी किर्ते कागजात बनाई उतm बजेट निकासा भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा रकम फरफारकका लागी पेश गरिएको कागजातमा २०७० असार २६ र २७ मा क्षमता बिकास तथा द्धन्द्ध ब्यवस्था बिषयक २ दिने तालिम गरिएको भनि स्थानिय राजनैतिक दलका प्रतिनिधिहरु पुर्ण बहादुर लम्तरी, रमेश कार्की, ढाल बहादुर लम्तरी, लोक बहादुर रास्कोटी ,रिसि बहादुर बिक, भोज राज खड्का, गिर बहादुर बगाले ,हुम बहादुर पुन, गगन रास्कोटी, अम्बिका खड्का , कमला बिक, र सरस्वती खड्काले ६,६ सय रुपिया बुझेका छन् ।

रकम निकासा गर्न कागजात किर्ते गरेको स्थानिय शान्तीसमिति बल्ढेङ्गगढीका संयोजक रमेश कार्कीले स्वीकार गरेका छन् । मन्त्रालय बाट आएको बजेट फ्रिज हुन बाट जोउन सबैको सहमतीका किर्ते कागजात पेश गरीएको उनको भनाई छ । निकासा भएको बजेट बाट छिट्टै कार्यक्रम गरिने पनि उनले जानकारीदिए ।

शान्ती समिति पाल्पाका संयोजक नबिन थापाले यस बारेका आफुलाई कुनै जानकारी नभएको प्रतिकृया दिएको छन् । आफुहरुले जिल्लाका सबै गाबिस र नगरपालीकामा भएगरेका सम्पुर्ण कार्यक्रमको जानकारी दिन आग्रह गरिरहेपनि अहिले सम्म कार्यक्रमको बारेका जिल्लामा जानकारी नआएको उनको भनाई छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी शिवराज जोसीले कार्यक्रम नगरी नक्कली कागजात पेश गरेको भए कारबाही गरिने बताएका छन् । आर्थिक अनियमितता गरेको भए अख्तियारले हेर्छ, जोशीले भने, नक्कली कागज पेश  गरेको भए प्रहरी मार्फत मुद्धा चलाईने छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %