देब पचभैया
पाल्पा, चैत्र २ – होलीको अबसरमा नाच गान गर्न भन्दै बिजुलीको लाईन जोड्ने क्रममा पाल्पामा एक युवकको ज्यान गएको छ । होलीको दिन छोराछोरीहरु संग गाउ नजिकै पिकनिक गएका बराङ्गदी ४ अर्चले तिनधारेका ३५ बर्षिय ओम बहादुर पचभैया मगरको ज्यान गएको हो ।
डेगमा बिजली जोड्न चिलाउनेको रुख बाट हाईटेन्सन लाईन बाट तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भएका पचभैयालाई उपचार गर्न अस्पताल लाने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । केटाकेटीले बोलाएको र नउठेपछि निकै बेरमा हिडेर घरमा आएर खबर गरेका थिए । बेलैमा उपचार नहुदा पनि उनको ज्यान गएको प्रहरीले बताएको छ ।
झण्डै १० बर्ष बढी सदरमुकाम तानसेनमा पत्रिका बाढ्ने काम गरेका ओम बहादुरले २ बर्ष अघि काम छोडेर सिकर्मीको रुपमा काम गर्दे आएका थिए । उनका ७० बर्षिय आमा , श्रीमती, एक छोरो र छोरी छन् ।
