जिप दुर्घटनामा ७ जनाको मृत्यु, ७ घाईते

Read Time:5 Minute, 15 Second

विनोद रखाली मगर / देब पचभैया

स्याङ्गजा

 

गल्याङ् चैत्र २ ,जगत्रा देवि ८ तल्लो गल्याङ्ग बाट अकलादेबी मन्दिरमा पुजा गर्न हिडेको जिप बिहान ८ बजे दुर्घटना हुदा  ७ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।  सिर्सेकोट अकलादेवि मन्दिर दर्शन गर्ने यात्रु वोकी छुटेको लु. १ ग. १४५४ नम्वरको जिप पेलाकोट गाविस वडा नं.९ सेम्थुम्कामा दुर्घटना हुदाँ ७ जनाको ज्यान गएको छ । ६ जनाको घटनास्थलमै र एकको उपचारको क्रममा गल्याङ् सामुदायिक अस्पतालमा ज्यान गएको प्रहरी कार्यालय गल्याङ्ले जनाएको छ ।   मृत्यु हुनेमा पिडीखोला २ ,घलाम स्थाई घर भई हाल गल्याङ् वस्दै आएका एकै परीवारका अन्दाजी ३४ वर्षीय ज्ञानु नेपाली र उनका अन्दाजी ४० वर्षका श्रीमान मन वहादुर नेपाली , जगत्रा देवि गाविस टुकुनचौरका अन्दाजी वर्ष ३५ की शोभा थापा मगर , तिनदोवाटे गाविस वङ्ग्रातिका वर्ष २४ का कमल थापा मगर , पेलाकोट गाविस अल्केढुङ्गाका चुक वहादुर सारु मगर, जगत्रा देवि गल्याङ् वस्ने कालिकाकोट गाविसका वर्ष ३५ का किसमाया सार्की डल्ली , वर्ष १५ की सिता वि.कको ज्यान गएको हो ।

घाइते हुने हरुमा जिप चालक इन्द्र वहादुर थापा मगर , उनका श्रीमती देवि थापा मगर र उनका २ वर्षकी छोरी रहेको प्रहरीले जनाएको छ । त्यस्तै जगत्रf देवि गल्याङ् वस्ने पानु वि.क, वर्ष १० की वालिका हेमा थापा मगर , राजेन्द्र वि.क , मिनु वि.क घाइते भएका छन् । घाइतेहरुको लुम्विनी मेडिकल कलेज प्रभास र मिसन अस्पताल पाल्पामा उपचार भैरहेको छ ।

जस मध्ये ३ को अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । मृतक सीता नेपाली ज्ञानु नेपालीकी बहिनीकी छोरी हुन् भने कासीमाया सार्की फूपूकी छोरी हुन् । घाइते हुने पानु विक मृतक ज्ञानु नेपालीकी वहिनी हुन् । सिर्सेकोट गाविसमा अवस्थित अकलादेवि मन्दीर को दर्शन गर्न केहि परीवारहरुको समुह उक्त जिप रिजर्व गरी आइतवार विहान करीव ८ वजे गल्याङ् देखि छुटेको थियो । छुटेको केही मिनेट भित्रै जिप दुर्घटनामा परेको हो । झण्डै २०० मिटर तल खसेको उक्त जिपमा उनीहरुले पुजा गर्न लगेको २ वटा बाख्रा मध्ये एउटा मरेको छ भने एउटा बाचेको छ । स्थानिय वासिन्दाको सहयोग तथा गल्याङ् वजार देखि सयौं वासिन्दाहरु , गल्याङ् प्रहरी चौकी ,वडा प्रहरी कार्यालय वालिङ् , सशत्र प्रहरी लगाएतको टोलिले करिव साढेँ १ घण्टा लगाएर शव हरुलाई सुरक्षित स्थान तर्फ ल्याइएको थियो ।

  घटनास्थलमा  कच्चि वाटो साथमा खहरे ,‘‘उकालो धुलाम्ले बाटोमा जिपले तान्न नसकेपछि ब्याक भएर पित बाटो मुनि खसेको  अबस्थामा भेटिएको घटनास्थ पुग्नुभएका सहकर्मी देब पचभैयाले जानकारी दिए । तर चालकले जिपका खलाँसीलाई ओट हाल्न जानकारी गराउदै गर्दा ,अत्याधिक भिरालोका कारण थाम्न नसकी जिप खसेको उक्त जिपका खलासीले जानकारी दिए । खलासी सहित एक जना जिपको छत देखि हाम फाली दुर्घटनादेखि वच्न सफल भएका छन् ।

स्मरण रहोस् उक्त स्थानमा केहि वर्ष अगाडि पनि पिडीखोला गाविस अस्थाई वसोवास गर्ने एक युवकको जिपको छतदेखि खसी ज्यान गएको थियो । ग्रामीण कच्ची सडक धेरै उकालो भएको हुँदा गाडी आफै पछाडी धकेलिएर भीरमा खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङजामा प्रहरी निरीक्षक सन्तोष तामाङले बताए ।

हरेक वर्ष होलि पर्वले वजार छोप्ने गल्याङ् पुरै शोक मग्न छ । शनिवार मात्र वुटवलमा गल्याङ् निवासी एक युवकको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको घटना सेलाउन नपाउदै आइतवारको घटनाले गल्याङ्वासी निकै त्रसित छन् ।

फोटो : बिनोद राखालि मगर

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %