देब पचभैया
नवलपरासी, २९ फाल्गुन – नवलपरासीको तम्सरिया चोरमारा बजार मा भएको सवारि दुर्घटनामा परि एक जना को ज्यान गएको छ ।
पश्चिमबाट पुर्वतर्फ आउदै गरेका यु.पि ५३ बि.पी ९०३५ नम्बरको बसमा सहाएक बाटो बाट बाटो काट्ने क्रममा ना.१६ प. ४६३४ नम्बरको मोटरसाईल ठक्कर खादा मोटरसाईल चालक कोल्होवा ५ बस्ने ४० बर्षिय कृष्ण बहादुर खड्काको मृत्यु भएको हो ।
खड्काको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको इलाका प्रहरि कार्यलय नवलपुरले जनाएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि सवार नेत्र प्रसाद काफ्ले घाईते भएका छन,काफ्लेको दाहिने हात र छातिमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरिले जनाएको छ। ठक्कर दिने बस र चालक प्रहरि नियन्त्रणमा रहेको नवलपुर प्रहरिले बताएको छ ।
