पत्रकार महासंघ पाल्पाको अक्षयकोष १ लाख २५ हजार पुग्यो

Read Time:1 Minute, 47 Second

देब पचभैया

पाल्पा , २६ फागुन – तानसेन नगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ पाल्पाले स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कारको अक्षयकोष राशी १ लाख २५ हजार पुगेको छ । नवनिर्वाचित कार्यसमितिको पहलमा नगरपालिकाले थप २५ हजार रकम प्रदान गरेपछि यो रकममा बृद्धि भएको हो ।

नगरपालिका कार्यकारी अधिकृत निरन भट्टराईले महासंघका अध्यक्ष राजेश कुमार अर्याललाई आज  चेक हस्तान्तरण गरेको हो । यस कोषबाट प्राप्त व्याजबाट हरेक बर्ष एक जना संस्थाको विकासमा योगदान गर्ने पत्रकारलाई पुरस्कृत गर्ने गरिन्छ ।

नगरपालिकाले शाखाको संस्थागत विकासका लागी बार्षिक रुपमा ३५ हजार रकम दिने सहमति जनाउदै यस बर्षको ३५ हजार रकम समेत प्रदान गरेको छ । शाखाको वैठकले कार्यालयलाई व्यावस्थित गर्ने भौतिक निर्माणका कार्यलाई अगाडी बढाउने, अधिवेशनको खर्च अनुमोदन गर्ने, स्थानीय बासिन्दा, नगरपालिका, नेपाली सेनासंग समन्वय गरेर कार्यालय क्षेत्र मेहलधारामा सरसफाइ अभियान संचालन गर्ने निर्णय गरेको छ ।

मंगलबार बिहान साढे ७ बजे कार्यसमिति सहित शाखाका सदस्यहरु सहितिको टोलीले सरसफाइ कार्य गर्ने निर्णय भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %