सकियो पाल्पा महोत्सब ,६ करोडको आर्थिक कारोबार

Read Time:4 Minute, 57 Second

देब पचभैया

पाल्पा, फागुन २६ – झण्डै ६ करोड बढीको आर्थिक कारोबार गर्दे पाल्पा महोत्सब  सकिएको छ ।

पाल्पा उधोग बाणिज्य संघले आयोजना गरेको १० दिने मेलालाई एक लाख ३० हजार बढी दर्शकहरुले अबलोकन गरेका छन् । १६ गते बाट तानसेन टुडिखेलमा संचालन भएको महोत्सबको नेपाल उधोग बाणिज्य संघका अध्यक्ष सुरज बैद्धले समापन गरे ।

मेलाबाट आयोजकहरुलाई अनुमानित १५ लाख बढी  फाईदा भएको बताइएको छ । मेलाको नेपाल उधोग बाणिज्य महासंघका अध्यष सुरज बैद्धले समापन गरेका हुन् ।

मेलाको समापन कार्यक्रमका प्रमुख अतिथि रहेका सुरज बैद्धले राजनैतिक दलहरुले चुनाबी घोषणा पत्र अनुसार काम गरे नेपालका अधिकांश समस्याहरुको समाधान हुने बताएका छन् ।

उनले संबिधान निर्माण गर्न र तत्काल स्थानिय निकायको निर्बाचन गर्नको लागी दलहरुलाई दबाब दिनुपर्नेमा जोड दिए । बिदेसिएका लाखौ युवालाई स्देशममानै रोजगारीको अबसर सिर्जना गर्नुपर्नेमा सरकार गंभिर हुनुपर्ने भन्दै उनले रेमिटेन्समा रमाउने सरकारले उनीहरुको पसिनाको मुल्यलाई पनि कदर गर्नुपर्छ भने ।

मेला समापन कार्यक्रममा पत्रकार महासंघ पाल्पाका सभापति राजेश कुमार अर्याल, स्थानिय बिकास अधिकारी दिर्घ बहादुर पोख्रेल, स्यांजा उधोग बाणिज्य संघका अध्यक्ष महेन्द्र श्रेष्ठ, पाल्पाका प्रमुख जिल्ला अधिकारी शिब राज जोशी, जिल्लाका राजनैतिक दलहरुको तर्फबाट नेपाली काँग्रेस पाल्पाका सचिब माधब नेपाल, उधोग बाणिज्य संघका केन्द्रिय सदस्यहरु प्रमोद श्रेष्ठ, कृष्ण शर्मा लगाएतले बोलेका थिए ।

पाल्पा उधोग बाणिज्य संघका अध्यक्ष राजु महर्जनको सभापतित्वमा सम्पन्न महोत्सब समापन कार्यक्रमको संचालन महासचिब भिमसेन कार्कीले गरेका थिए । कार्यक्रमका सहभागीहरुलाई बाणिज्य उपाध्यक्ष मोहन श्रेष्ठले स्वागत गरेका थिए ।

यसै बिच १० दिने मेला अबधीभरमा प्रबेश गर्दा  टिकट बाट राखिएको मोटरसाईकल पुरस्कारको पनि नतिजा सार्बजनिक भएको छ । मेला प्रबेश गर्दा काटिएको टिकट मध्येबाट बिधार्थी टिकटको ३० रुपियाको टिकट  बाट पहिलो पुरस्कार यमाहा कम्पनीको वाई,बि ,आर मोटरसाईकल १० हजार ७ सय २४ नम्बरलाई परको छ ।

दोश्र्रो पुरस्कार एल,ई,डि टेलिभिजन , ४० रुपियाको टिकट बाट २३ हजार ८ सय  ७४ नम्बरलाई परेको छ भने तेश्र्रो पुरस्कार पाल्पाली करुवा ४० रुपियाको  टिकटबाट २१ हजार ६ सय ६४ नम्बरको टिकटलाई परेको छ ।

मेलामा राखिएको स्टलहरुमध्येमा धार्मिक पुस्तकको प्रर्दशनी गरेको स्टल नम्बर ४८ का अन्र्तराष्टि्य कृष्ण भावना अमृत संघ लाई मोटरसाईकल पुरस्कार परेको छ । पु्रस्कार प्राप्त गर्नेहरुले १५ दिन भित्र मेला आयोजक पाल्पा उधोग बाणिज्य संघमा टिकटको प्रमाण सहित सम्पर्क गर्नुपर्ने आयोजकले बताएको छ । मेलामा ३ सय ७ वटा स्टल रहेका थिए । मेलाको सम्पुर्ण हिसाब किताब केही दिन भित्रै पत्रकार सम्मेलन गरेर सार्बजनिक गर्ने मेला आयोजक पाल्पा उधोगा बाणिज्य संघले बताएको छ ।

मेला बाट भएको आम्दानी बाट पाल्पा उधोग बाणिज्य संघले तानसेन गोर्खेकोटमा बन्न लागेको बहुउदेश्सिय भवनमा खर्च गर्ने बताईएको छ । आम्दानीको केही प्रतिशत पाल्पाको पर्यटकीय क्षेत्रको बिकासको लागी छुट्याईने पनि बताईएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %