देब पचभैया
पाल्पा, फागुन २३ – कुरा थोरै काम धेरै भन्दै जिबिस पाल्पाको जिल्ला परिषद्मा जिल्लाका नेताले भाषण गरेनन् । उनीहरुले संयुक्त रुपमा तयार पारेको खाका राजनैतिक दलहरुको तर्फबाट नेकपा माओबादीका केन्द्रिय सदस्य बसन्त घर्तीलाई बोल्न दिए ।
राजनैतिक दलहरुसंग टाढिएर संबिधान सभाको निर्बाचन समेत बहिस्कार गरेको दल नेकपा माओबादीलाई दलहरु संग नजिक बनाएर संबिधान निर्माणमा सहयोग गर्न माग्न आफुहरुले भाषण नगरेको ठुला दलका जिल्ला नेताहरुले बताएका छन् ।
पाल्पामा रहेका १० दलका नेताहरुले भाषण नगरेपछि जिबिस पाल्पाको २२ औ जिल्ला परिषद ढाई घण्टामै सकिएको थियो । जिल्ला बिकास समिति पाल्पाको २२ औ जिल्ला परिषद बैठकको उपप्रधानमन्त्री एबं संघिय मामिला तथा स्थानिय बिकास मन्त्री प्रकासमान सिंहले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दे मन्त्री सिंहले पाल्पाका दलहरुले देखाएको बाटोलाई केन्द्रमा पनि अनुसरण गर्नुपर्ने बताए ।
उनले एक बर्ष भित्रमानै संबिधान जारी गर्न र स्थानिय निकायको निर्बाचन गर्नको लागी राजनैतिक सहमति हुनुपर्नेमा जोड दिए । कार्यक्रमका बिशिष्ट अतिथि संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयका सचिब शान्ता बहादुर श्रेष्ठले जनता संगको सहकार्यमा कर्मचारीहरुले काम गर्नुपर्नेमा जोड दिए । स्थानिय निकायको तत्काल निर्बाचन गर्न माग गर्दे सचिब श्रेष्ठले राम्रो काम गर्ने कर्मचारीलाई सम्मान गर्ने र गलत काम गर्नेलाई कारबाही गर्ने जानकारी दिए ।
जिबिस पाल्पाको २२ औ जिल्ला परिषदमा पाल्पाका स्थानिय बिकास अधिकारी दिर्घ बहादुर पोख्रेलले अर्थिक बर्ष २०७१,७२ सालको बार्षिक निति , बजेट तथा कार्यक्रम प्रस्तुत गर्दे २ अरब, ६४ करोड १३ लाख ९३ हजार ६ सय २० रुपिया बराबरको बजेट पेश गरेका थिए ।
जिल्ला परिषदमा जिल्लामा सक्रिय भएर उत्कृष्ट काम गर्ने कार्यालय प्रमुख एबं कर्मचारीहरु लाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा जिल्ला प्राबिधिक कार्यालयका प्रमुख ईन्जिनियर भिमार्जुन पाण्डे, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख झलक शर्मा पौडेल, जिल्ला कृषि बिकास कार्यालयका प्रमुख महेन्द्र राज कौडाल, खानेपानी सरसफाई डिभिजन कार्यालय बरिष्ठ ईन्जिनियर हरी प्रसाद तिमिल्सिना, रामपुर खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष कमल भट्राई र हुलादी खोला कल्भट आयोजना समितिका अध्यक्ष हिमाल मल्ल रहेका छन् ।
