परिबर्तनका एजेन्डा उठाउन नसक्दा हारःरायमाझी

Read Time:2 Minute, 10 Second

देब पचभैया

बुटवल, २१ फागुन – एकीकृत नेकपा माओवादीका राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य तथा पूर्व स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले परिवर्तनका उपलब्धि जनतालाई बुझाउन नसक्दा एमाओवादी चुनावमा पछि परेको बताएका छन् ।

एकीकृत नेकपा माओवादी रुपन्देहीले बुटवल–१३ माझगाउंमा  निर्माण गर्न लागेको सहिद स्मृति भवनको शिलान्यास तथा जनयुद्धका सहिद तथा बेपत्ताका परिवारलाई सम्मान कार्यक्रममा बोल्दै रायमाझीले भने जनताले हामीलाई मन नपराएका हैनन्, हामी पनि अलिकति बिग्रन लागेकाले सबक सिकाएका हुन् , प्राप्त उपलब्धिलाई बुझ्न र बुझाउन मेहनत गर्यौं भने सफल भइछाड्छौं ।’

आफू भौतिक योजना तथा निर्माण मन्त्री हुदा बुटवल–सुनौली सिक्स लेन सडक योजना स्वीकृत भएको प्रसंग उठाउदै उनले आफुहरुले गरेको कामको  जस पनि  लिन नसकेको भन्दै उनले भने , जनयुद्धकै बलमा राजतन्त्र अन्त्य भयो, संघीयता, धर्मनिरपेक्षता, समावेशिता जस्ता उपलब्धि प्राप्त भयो तर त्यसलाई गलत ढंगले व्याख्या गरियो ।’

राष्ट्र र राष्ट्रियताप्रति समर्पित सहिदहरुको भावना बाँचेकाहरुले पूरा गर्नुपर्ने भन्दैं उहाले आफूहरु लडाइको मोर्चामै रहेकोले अलिकति पछाडि पर्दा आत्तिनु नहुने बताए ।

आफूहरु रचनात्मक प्रतिपक्षको भूमिका निभाउदै संविधान बनाउन सहयोग गर्न तयार रहेको भन्दै रायमाझीले सत्तापक्षकै कारण सरकारको दिनगन्ती शुरु भइसकेको र एक वर्षसम्म पनि टिक्न नसक्ने लक्षण देखिइसकेको दाबी गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %