छिरिङ तेन्जिङ शेर्पा गोपर्मा
काठमान्डु , १८ फागुन – बौद्धहरुको महत्वपुर्ण पर्व ग्यल्पो लोसारको तेस्रो दिन शेर्पा सेवा केन्द्र गोन्पामा भब्य लोसार ल्हाप्सो पुजा भएको हो ।
ल्हाप्सो पुजाको प्रमुख अतिथीमा धर्मगुरु खुम जठुल रिन्पोछे हुनुहुन्छ भने बिषेस अतिथीमा तेङबोचे चवी लामा रिन्पोछे हुनुहुन्छ। गोन्पाको अध्यक्ष क्या. आङ देण्डी शेर्पाको सभापतित्वमा भएको यो बिषेस पुजा समारोहमा बिभिन्न शेर्पा संघ साँस्थाको प्रतिनिधीहरुको उपास्थिती रहेको थियो।यस अवसरमा गोन्पालाई आर्थिक र भौतिकरुपामा ह्रिदयदेखी नै सेवा र सहायोग गर्नु हुने महानुभावहरुलाई गोन्पाको अध्यक्ष क्या. आङ देन्डी शेर्पाले प्रसाँस पत्र बितरण गर्नु भएको थियो। जस अन्तर्गत डेफडोल बिधालयका साँस्थापक तथा प्रध्यपक उत्तम कुमार शेर्पा गोपरमा ले गोन्पाले रु पाँच लाख भन्दा माथिको आर्थिक रकम सहायोग गर्नु भएको हो भने चेङ शेर्पा खम्बचेले पनि सोही रकम भन्दा माथि सहायोग गर्नु भएको हो। यसै गरि आङ गेलु शेर्पा गोपरमाले गोन्पाको प्रबेसद्वाको बाटोलाई पक्कि ढलन गर्नु भै गोन्पालाई सहायोग गर्नु भएको थियो। यस बर्ष भित्र गोन्पाको आजिवन र संरक्षक सद्स्य बन्नु भएको सद्स्यहरुलाई पनि अध्यक्षबाट प्रसंसा पत्र बितरण भएको हो।
यसै गरि यो बर्षको लोसार ल्हाप्सो आयोजक ‘लावा’ कमिटिहरुलाई धन्याबाद ज्ञापन गर्नु हुँदै गोन्पाको अध्यक्षबाट ताम्रापत्र बितरण गर्नु भएको हो। बिभिन्न जिल्लाको गरि बिगत बर्षहरुमा झै यो बर्ष पनि चार जना लावाहरु हुनुहुन्थ्यो। लावा कमिटीको एक सद्स्य छेवाङ शेर्पा भकन्जे सोलुखुम्बुले करिव ३५ सय शेर्पा घरदुरीबाट रु. ४१ लाख नगद उठाउन सफल भएको बताउनु भयो जस मध्ये रु ११ लाख ल्हाप्सो ब्यवस्थापनमा खर्च भएको र बाँकी रकम एक मुष्ठ गोन्पालाई बुझाएको छ। गोन्पाले बुझिलिएको रकम निर्माणाधिन ब्रिद्ध आस्रामको एक तला निर्माणमा खच गरिने कुरा गोन्पाबाट बुझिएको छ।यस अवसरमा रु. १० हजार भन्दा माथी ल्हाप्सो ढेल्वा उठाउने महानुभावहरुलाई प्रसंस पत्र र खाता बितरान् गरेका थिए। कार्यक्रममा धार्मिक बिधीअनुसार लामाहरुको पुजापाठ पास्चत लामा नाच ‘छ्याम’, सिंह नाच,मिछेरिङको प्रस्तुती पास्चत प्रमुख अतिथी बिशेस अतिथील गायत साँस्थाको प्रतिनिधिहरुको एक समुहले गोन्पाको प्राङगणमा सेतो पिठो ‘चम्पा’ अकासमा छरेर “क्ये क्ये सो सो ल्ह ग्याल्लो” भनि क्येक्ये गरेका थिए।
यस अवसरमा खेन्पो ङावाङ लोड्रोबाट ल्हाप्सो पुजा र नयाँ सालको प्रथम महिनाको महत्वको बारेमा मन्तब्य दिनु भएको थियो भने गोन्पा अध्यक्ष क्य. आङ देन्डीबाट उपास्थित सबैलाई धन्याबद ज्ञापन गर्नु हुँदै सबै शेर्पाहरु एक जुट भएर गोन्पाको बिकासको लागी लागी पर्नु पर्ने बताए।
हिमालयन शेर्पा साँस्क्रितिक केन्द्रको अघुवाईमा बिहान लोसार शान्ती र्यालि सम्पन्न गरि शुरु भएको यो कर्यक्रममा बिभिन्न संघ साँस्थाको कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए भने प्रसिद्ध गायक भक्तराज अचार्यले गाउनु भएको “जहाँ छन बुद्धको आँखा” भन्ने शान्तीप्रिय गाना उन्कै सुपुत्रि तथा अतिथी कलाकार सम्झना आचार्यले सुमुधुर अवाजमा गाउनु भएको थियो। कार्यक्रम् शेर्पा संचार समुहको अध्यक्ष पेम्बा गेलु शेर्पाले सफल्तापुर्वक खस र शेर्पा भाषामा चलाएको थियो भने हजारौको संख्यामा उपास्थित् शेर्पाहरुले ल्हाप्सो पुजामा सहभागी भै लोसार ल्हाप्सोको प्रसद् ग्रहण गरेका थिए।(तस्बिर: आङ काजी शेर्पा ‘किसान’, छिरिङ तेन्जिङ शेर्पा )
