मनोज घर्ती मगर
पोखरा, २० फागुन – कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना वैशाख १६ देखि २० गतेसम्म ३७ औं राष्ट्रिय जुनियर ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता सम्पन्न गर्न १२ लाख खर्च हुने अनुमान गरिएको सो प्रतियोगितामा विशेष गरी यु–१५ र यु–१७ का खेलाडीको सहभागिता रहनेछ।यु–१५ तर्फ सिड्डल र यु–१७ तर्फ डबल खेल हुने प्रचार–प्रसार उपसमितिका संयोजक निरबहादुर जापाले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न सङ्घका अध्यक्ष डम्मरसिंह गुरुङको संयोजकत्वमा सम्पूर्ण सदस्य पदेन रहनेगरी मूल आयोजक समिति गठन गरिनुको साथै विभिन्न १५ वटा उपसमिति निर्माण गरिएको छ ।
जसअनुसार प्रचार–प्रसार उपसमितिको संयोजकमा सचिव निरबहादुर थापा, अर्थ सड्ढलन उपसमिति संयोजकमा कार्यसमिति सदस्य सुवर्णमान नकर्मी, खेल सञ्चालन संयोजकमा उपाध्यक्ष नरबहादुर गुरुङ, मञ्च व्यानर तथा रड्डरोगन व्यवस्थापन उपसमिति संयोजकमा उपाध्यक्ष रुद्र घले, पुरस्कार व्यवस्थापन उपसमिति संयोजकमा निवर्तमान अध्यक्ष खेम गुरुङ,अतिथि सत्कार संयोजकमा उपाध्यक्ष सुरेशबहादुर श्रेष्ठ, साउण्ड सिस्टम व्यवस्थापन उपसमिति संयोजकमा कोषाध्यक्ष इन्द्र गुरुङ, विद्युत व्यवस्थापन संयोजकमा बलभद्र नकर्मी, यातायात व्यवस्थापन उपसमिति संयोजकमा सहसचिव दुर्गा जोजिजू , सचिवालय व्यवस्थापन उपसमिति संयोजकमा निरबहादुर थापा रहेका छन् ।
यस्तै जलपान व्यवस्थापन संयोजकमा सहकोषाध्यक्ष प्रतिभा गुरुङ, खाना, खाजा, पानी व्यवस्थापन उपसमिति संयोजकमा कार्यसमिति सदस्य बुद्धिमान गुरुङ, आवास व्यवस्थापन उपसमिति संयोजकमा कार्यसमिति सदस्य मनोज श्रेष्ठ, सांस्कृति व्यवस्थापन उपसमिति संयोजकमा सल्लाहकार पुरन कुँवर, प्राथमिक स्वास्थ्य उपचार व्यवस्थापन उपसमिति संयोजकमा सल्लाहकार क्या.भूपालसिंह गुरुङ रहेका छन्।
सो अवसरमा सङ्घका अध्यक्ष डम्मरसिंह गुरुङले सङ्घका गतविधिमाथि प्रकाश पार्नुको साथै प्रतियोगिता सफल पार्न सबै एकजुट हुनुपर्ने विचार राखेका थिए ।
