फोनिजको पूर्वाञ्चल भेला १८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

Read Time:2 Minute, 12 Second

देब पचभैया

धरान, १८ फागुन – समावेशी सञ्चार नीति लागु गर्न माग गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको पूर्वाञ्चल भेला आज सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघलाई जिल्लादेखि केन्द्रसम्म समावेशी बनाउनुपर्ने लगायतका १८ बुँदे घोषणापत्र जारी गर्दै पूर्वाञ्चल भेला सम्पन्न भएको हो ।

भेलामा फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले संविधानको प्रस्तावनामै पूर्ण प्रेस तथा अभिब्यक्तिको स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्ने बताए ।

भेलामा फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङ, पूर्व अध्यक्ष मोहनसिं लामा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दिलिप थापामगर, फोनिज उपाध्यक्ष भैरब आङ्ला, पूर्व उपाध्यक्ष दिपिन राई, पूर्वाञ्चल संयोजक शाहिमान राई लगायतको उपस्थिती रहेको छ ।   

भेलामा पूर्वाञ्चलका ११ जिल्लाका फोनिज अध्यक्ष, सचिव र एकजना महिला प्रतिनिधि गरी एक सयभन्दा बढीको सहभागीता रहेको थियो । भेलाले श्रमजिवी पत्रकार ऐन तत्काल लागू गरी सञ्चारकर्मीको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ ।

आदिवासी जनजातिको मातृभाषामा सञ्चालित मीडियालाई प्रोत्साहन गरी दिगोपन तथा प्रभावकारिताका लागि छुट्टै अधिकार सम्पन्न आदिवासी जनजाति तथा समावेशी सञ्चार विकास प्रतिष्ठान गठन गर्नपर्ने लगायतका १८ बँदे घोषणापत्र जारी गर्दै पुर्वाञ्चल भेला सम्पन्न भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %