भ्रामक हल्ला बारे डि.एल.ए.को खण्डन

Read Time:2 Minute, 34 Second

दीपा आलेमगर

नेपालगन्ज , फागुन १८ – नेपाल डेमोक्रयाट्स लयर्स एशोसिएन (डिएलए) को नवौं महाधिवेशनबाट डिएलएको विषयमा भ्रामक हल्ला बाहिर आएपछि डिएलएका उपलब्ध ५२ वटा जिल्ला इकाईले प्रेस विज्ञप्ती प्रकाशित गरेर उक्त हल्लाको खण्डन गरेका छन् ।  

डिएलए जिल्ला इकाईका अध्यक्षहरुले हस्ताक्षर गरेको विज्ञप्तीमा लोकतान्त्रिक मुल्य, मान्यता र विधिको शासन स्थापित गर्न निकै महत्वपूर्ण भूमिका डिएलएले खेल्ने प्रतिवद्धता स्वरुप डिएलएलाई बदनाम गर्ने खालको हल्लामा विश्वास नगर्न अनुरोध गरिएको छ । विज्ञप्तीमा डि.एल.ए.का महाधिवेशनको प्रतिनिधीको बिषयलाई लिएर र बन्दशत्रमा भएको अशोभनिय एवं अमर्यादित क्रियाकलापप्रति दुःख व्यक्त गर्दे डि.एल.ए.का सम्बन्धित जिल्ला कार्यसमितीले विधिवत रुपमा महाधिवेशन प्रतिनिधीको नामावली पठाएको प्रति कपोलकल्पित रुपमा ती जिल्ला समितिहरुलाई लाञ्छित गर्ने र प्रतिनिधिहरुलाई अपमानित गर्ने गरी भए गरेका क्रियाकलाप प्रति क्षोभ व्यक्त गर्दछौं भनेका छन् ।  

त्यसैगरी विज्ञप्तीमा डि.एल.ए.को परम्परा विधान एवं लोकतान्त्रिक मूल्य मान्यता अनुरुप सहमती एवं निर्वाचन प्रणालीका पद्धतिलाई खुला राख्दै यस महाधिवेशन बाट नयाँ नेतृत्व चयन गरी डि.एल.ए.लाई जिवन्तता दिन हार्दिक अपिल समेतगरेका छन् । जिल्ला इकाईका अध्यक्षहरुले हस्ताक्षरित विज्ञप्तीमा डि.एल.ए. नयाँ नेतृत्व चयनको कार्यभारसम्पन्न नगरी महाधिवेशन समापन नगर्न समेत अपिल गरेको छ ।

समय अभावका कारण र केही मतदाताहरुलाई आ आफ्नो जिल्ला फर्कन बाध्य भएकोले हस्ताक्षर गर्न छुटेका जिल्ला शाखा अध्यक्षहरुले समेत उक्त विज्ञप्तीमा मौखिम सहमति जनाएको डिएलएले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %