प्रथम मालुङ्गा महोत्सव सम्पन्न

Read Time:2 Minute, 41 Second

श्याङ्जा

गल्याङ् , १५ फागुन – भाषा कला सस्ंकृती , कृषी पर्यटनको आधार, समृद्ध मालुङ्गा र सम्पन्न मालुङ्गाको पहिलो पुर्वाधार भन्ने उद्धघोषका साथ प्रथम मालुङ्गा महोत्सव मगर दिवश फागुन १५ को अवशरमा सम्पन्न भएको छ ।

महोत्सवको सविधानसभाका सदस्य माननिय सभाषद् कमल प्रसाद पङ्गेनीले उद्धघाटन गर्दै देश सविधानमय वनिरहेको वताउदै सविधान निमार्णमा कुनै कसुर नराख्ने बताए । सविधानमा मगर समुदाय र आदिवासि समुदायका हक अधिकारको पक्षमा आफुले आवाज उठाउने भन्दै मगर समुदायको एतिहासिक पर्व मगर दिवशले सम्पुर्ण मगर समुदायमा सकारात्मक सोचका साथ आफ्नो भाषा , कला , सस्ंकृती जगेर्नामा अगाडि वढ्न आग्रह गरे ।

कार्यक्रमकै अवशरमा आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य कुमार राना मगरले समग्र आदिवासी समुदायको मौलिकता रक्षाको लागि एकता र सहकार्यको आवश्यक्तालाई जोड दिए । नेपाली कङ्ग्रेस स्याङ्जा क्षेत्र न. ३ का सभापति इश्वर खाँड , नेपाल आर्दश क्याम्पसका प्राचार्य धुव्र शर्मा , नेपाल मगर विद्यार्थि संघ कास्कीका पुर्व अध्यक्ष तथा युवा सन्चारकर्मी विनोद रखाली मगर , नेपालि काङ्ग्रेस मालुङ्गाका सभापति शालिकराम वस्याल , एमालेका अध्यक्ष शोभाकान्त वस्याल , लगाएतले बोलेका थिए ।

नेपाल मगर संघ मालुङ्गा समितिको आयोजनामा आयोजित प्रथम मालुङ्गा महोत्सवमा चर्चित कलाकार श्याम राना मगर , लोकदोहोरी गायक गोपाल जि.टी , तथा स्थानिय समुदायको नचरी , सालैजो लगाएत मगर भाषाको गितमा सास्कृतीक प्रस्तुतीहरु प्रस्तुत गरीएको थियो । खगिसरा उच्चै मगरको स्वागत सङ्गै सुरु कार्यक्रमको सन्चालन जि.वी राना मगर, गोपाल जि.टीले गरेका थिए भने समितिका अध्यक्ष केशरसिह सारु मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

विनोद रखाली मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %