देब पचभैया
पाल्पा, १६ फागुन-आज बाट तानसेनमा १० दिने पाल्पा महोत्सब शुरु भएको छ । पाल्पा उधोग बाणिज्य संघको आयोजनामा आज बाट शुरु भएको महोत्सबको पाल्पा क्षेत्र नम्बर ३ का सभासद हरी नेपालले उद्घाटन गरे ।
२५ गते सम्म चल्ने मेलामा ३ सय ७ वटा स्टल रहेका छन् । २ लाख ५० हजार बढी दर्शकले मेलाको अबलोकन गर्ने र मेला अबधीमा ५ करोड बराबरको कारोबार हुने पाल्पा उधोग बाणिज्य संघका अध्यक्ष एबं मेला मुल आयोजक समितिका संयोजक राजु महर्जनले जानकारि दिए ।
मेलामा मुल ढोकाको नक्कल गरेर स्वागत गेट निर्माण गरिएको छ भने रानीमहल दरबारको नमुनामा निर्माण गरिएको घर भित्र सचिबालय स्थापना गरिएको छ ।
गोरुले उखु पेलेको, कुडुले घर, अष्ट्रिजको चरा, कृषि औधार , कुमालेले माटोको भाडो बनाउने सिप, फोटो प्रर्दशनी , हेलीकोप्टर बाट दृश्यावलोकन लगाएतका कुरा मेलामा आर्कषण बनेको छ ।
महोत्सबले पाल्पालाई करुवा र ढाका पछि अदुवाको जिल्लाका रुपमा चिनाउन मद्धत मिल्ने अनुमान छ ।
मेलामा जिल्लाबाट उत्पादन हुने बस्तु तथा सेवाको पर्दशनी, बिक्रि, बितरणका साथै राष्टिय, बहुराष्टिय उत्पादनको प्रर्दशनी गरिएको छ । महिला उद्धमी, घरेलु उधोग, कुटिर उधोग, कृषि उद्धमी द्धारा उत्पादित बस्तुको प्रर्दशनीलाई दर्शकले मन पराएका छन् ।
महोत्सबाट उठेको पैसा बाट पाल्पाको पर्यटकिय क्षेत्रको बिकास र पाल्पा उधोग बाणिज्य संघले तानसेन १० गोर्खेकोटमा बनाउन लागेको बहुउदेश्सिय भवनमा खर्च गरिने आयोजकहरुले बताएको छन् ।
