देब पचभैया
पाल्पा, फागुन १५ – भोलि बाट तानसेन टुखिखेलमा मैदानमा पाल्पा महोत्सब २०७० सुरुवात हुदैछ ।
पाल्पा उधोग बाणिज्य संघको आयोजनामा पाल्पा महोत्सब शुरु हुन लागेको हो ।
महोत्सब अघि बिभिन्न झाकी सहितको रयाली निकालिने र ११ बजे उद्घाटन कार्यक्रम रहेको आयोजकले बताएका छन् ।
२५ गते सम्म चल्ने मेलामा ३ सय ७ वटा स्टल रहने छ । २ लाख ५० हजार बढी दर्शकले मेलाको अबलोकन गर्ने र मेला अबधीमा ५ करोड बराबरको कारोबार हुने पाल्पा उधोग बाणिज्य संघका अध्यक्ष एबं मेला मुल आयोजक समितिका संयोजक राजु महर्जनले बताउनुभएको छ ।
दिउसो उद्घाटन सत्र सकिए लगत्तै ३ बजे बाट सास्कृतिक कार्यक्रम शुरु हुने मेलाका सास्कृतिक समितिका संयोजक मोहन श्रेष्ठले बताएका छन् ।
३ सय ७ वटा स्टलमा अटोमोबाईल, सुचना प्रबिधि, कृषि औजार लगाएतको स्टल रहने छ ।
मुल ढोकाको नक्कल गरेर स्वागत गेट निर्माण गरिएको छ भने रानीमहल दरबारको नमुनामा निर्माण गरिएको घर भित्र सचिबालय स्थापना गरिएको छ ।
