क्या राम्री चिटिक्क गून्युचोलीमा

Read Time:5 Minute, 45 Second

मनोज घर्तीमगर / पोखरा 

 

 

गुरुङ भाषाको ‘बेन्ले छ्याँबा मु’ सुन्न दोब्गा गुरुङलाई कि त ल्होसार आउनुपथ्र्यो कि मेलापर्व । कण्ठी, घलेक, माला र चुरापोतेले सजिँदा  २१ वर्ष दोग्बा निकै राम्री देखिन्छिन् । परम्परागत गुरुङ पोशाक लगाउँदा उनका आफन्त र साथीहरुले ‘बेन्ले छ्याँबा मु’ भन्दै फुक्र्याउँछन् रे । उनी विभिन्न अवसरमा गुरुङ पहिरन लगाउनमै रमाउँछिन् । गुरुङ समाजमा छोरीलाई ७, ९ वा १५ वर्षमा दिन जुराएर गुन्यूचोली दिने चलन छ । यो समुदायमा गुन्यूचोली दिने संस्कृति नै भएकाले दोब्गाजस्तै धेरै नयाँ पुस्ताका युवतिलाई आफ्नौ जातिय पोसाक मन पर्न थालेका छन् । मिस तमुस्यो २०१२ को ताज शिरमा परेपछि त झन् दोब्गाको मन पूरै गुरुङ पोसाकतिर फर्केको छ । ‘वन पिस र टु पिस नर्मल भइसक्यो, सबैले लगाउँछन्’ उनी भन्छिन्,‘त्यसैले गुरुङ ड्रेस लगाउँदा म राम्री र युनिक देखिन्छु ।’

 

 

मिस मगर २०११ कि बिजेता रञ्जना थापामगरलाई पनि मगर पहिरनमा सजिदा ‘कुडिक सेहचले’ (कति राम्री) भन्दै धेरैले फुक्र्याउँछन् । वर्षमा दुई चार पटक मगर पहिरनमा सजिने रञ्जनाको शिरमा मिस मगरको ताज चढेपछि विभिन्न चाडबाड र जमघटमामा परम्परागत पहिरनमै सजिएर पुग्छिन् । यसले पनि उनलाई परम्परागत पहिरनमा गहिरो रुची छ । मगरले लगाउने गुन्युचोली घाटिमा हरियो पोते र कम्मरमा लगाएको पहेलो पटुकाले उनीहरुलाइ सुन्दर देखाउँछ । ‘मगर पहिरन लगाउँदा आफूलाई सबैभन्दा राम्री र चिटिक्क छु जस्तो लाग्छ’ उनी भन्छिन्,‘म यहि पहिरनमा गर्व  गर्छु, म विभिन्न कार्यक्रममा यहि परिरन  लगाएर जान्छु ।’ 

 

  केही समय अघि एकाध फोटो स्टुडियोमा पाइने जातिगत पहिरन अहिले विभिन्न अवसर छोपेर लगाउने चलन बढ्दो छ । मगर, गुरुङ, राई, लिम्बु, नेवार, शेर्पा, क्षत्री, तामाङ, थकाली, मैथिली, थारु समुदायका परम्परागत पहिरन लगाउनेहरु ह्वात्तै बढेका छन्  । यस्तै युवति हुन् मिस नेवा ११३३ कि बिजेता सुमना बज्राचार्य । पहिलेदेखी नै नेवार पोसाकम सजिन मन पराउने सुमनाले ताज जितेपछि सकेसम्म विभिन्न अवसरमा नेवारी पोसाक नै लगाउँछिन् । ‘नेवारी पोसाकमै धेरै सुहाएको महसुस गर्छु’ सुमना भन्छिन्,‘परम्परागत पहिरन लगाएर हिड्दा अरुभन्दा भिन्नै देखिएको अनुभव हुन्छ ।’

 

 

 

 

नयाँ पुस्ताले विशेष गरि परम्प्रागत पहिरन रुचाएका कारण यसको क्रेज बढ्दो छ । जनजाति समुदयका विभिन्न जातीले सुन्दरी प्रतियोगिता गर्दै आएका छन् । त्यसमा पनि पहिरनको भरपुर प्रयोग भएको छ । विवाहपार्टी होस् वा फेशन सो । सकड सदन तताउन होस् वा कुनै कार्यक्रम आफ्नो जातीय पहिरनमा प्रस्तुत हुनेहरुको जमात बढेको छ । परम्परागत पहिरन लगाउँदा शारिरीक वनावट तथा अनुहारसँग मेल खाएर पनि युवतिहरु सुन्दर देखिने गरेको बताउँछिन् ‘मिस थकाली २०१३’ कि बिजेता आश्विनि थकाली । ‘थकाली ड्रेस लगाउँदा  म अरुभन्दा राम्री छु देखिन्छु जस्तो लाग्छ’ उनी भन्छिन्,‘त्यसैले कुनै पनि विशेष समारोहमा म आफ्नै जातिय पोशाक लगाएर जान्छु ।’

 

केही वर्ष अघिसम्म आफ्नो परम्परागत पहिरन ठ्याक्कै नतोकेका क्षेत्रीहरुले पनि तीन वर्षअघि जातिय पहिरन तोकेका छन् । क्षेत्री समाजले यसको अगुवाइ गरेको हो । पोखरामा भएको मिस क्षेत्री २०१२ का सहभागीहरुले त्यही पहिरन लगाए । जसले क्षेत्री युवतिलाई अरुभन्दा केही बेग्दै देखाउन सघायो । त्यसपछि क्षेत्री समुदायका युवतिहरु पनि यही पहिरनमा रमाउन थालेका छन् ।

 

केही समय अघिसम्म आफ्नो जातिय पहिरन गाउँमा मात्रै लगाइन्थ्यो । अहिले  परम्परागत पहिरन शहर झरेको छ । अझ पहिचानको मुद्दा उठिरहेको बेला जातीय पहिरनको प्रचलन पनि बढ्दो छ । थ्रीएम पुस्ताले परम्परागत जातीय पहिरनप्रति लगाव हुनुलाई सकरात्मक रुपमा लिन सकिन्छ । जसले युवालाई सँस्कृति तथा आफ्नो सँस्कार र परम्पराप्रति दायित्व बोध गराउँछ । नेपालमा विस्तारै फस्टाईरहेको फेशन उद्योगले पनि  जातिय पहिरनलाई प्राथमिकतामा राखेको छ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %